सोलुखुम्बुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफैँ दुर्घटना हुँदा उदयपुर कटारीका २६ वर्षीय रमेश राउतको मृत्यु भएको हो ।

बुधबार बिहान १० बजे भएको उक्त दुर्घटनामा चालक राउतको घटनास्थलमानै मृत्यु भएको हो । यस्तै, सहचालक खोटाङ ऐसेलुखर्क–३ का १८ वर्षीय प्रदीप दाहाल सामान्य घाइते भएको छन् उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिजो बिहान १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफैँ अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट खटिएको प्रहरी टोलीले राउतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको छ भने थप अनुसन्धान गरिरहेको छ ।