काठमाडौं— नेपाली काँग्रेसको आगामी १४ औं माहाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज भएको छ ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका सासंद नरोत्तम बैद्यले कोरोनाका कारणले अधिवेशन रोक्नु पर्ने माग गर्दै दायर गरेका थिए । 

बिहीबार सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट रिट खारेज गर्ने फैसला गरेको सार्वोच्च अदालतको दैनिक पेसीसूचिमा उल्लेख छ ।