All Posts By खबर पलपल

    Showing १५१-१६० of १,०४२ items.
  • दुहबीमा टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

    सुनसरी दुहबी नगरपालिकामा टिपरको ठक्करबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ । दुहबी– ९ छाताबेलीस्थित जय बाबा इँट्टा भट्टा उद्योगभित्र टिपरको ठक्करबाट बबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी सोही भट्टामा मजदुर कार्यरत भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी हुन् । बुधबार बेलुका पौने ५ बजे को१ख ५४५१ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । प्रहरीले टिपर र चालक धनकुटा सहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ५२९ पटक पढिएको
  • एमएस ब्लेडमा लाग्दै आएको अन्तशुल्क हटाउन उद्योगीको माग, बजार नीति विपरित नियम

    विराटनगर–सरकारले तयारी बस्तुमा लगाउदै आएको अन्तशुल्क एमएस ब्लेडमा भन्सारमा कच्चा पदार्थमै लगाएर दुनियामा कतै नभएको काम गरेको उद्योगहरुले बताएका छन । उनीहरुले सरकारले चुरोट, रक्सीमा अन्तशुल्कको स्टिकर टाँस्दा तयारी बट्टा र बोतलमा टाँस्ने गरेको प्रशंग उठाउदै एमएस ब्लेड आयात गर्दा भने भन्सारमै लगाइदिएको सरकार कसैबाट बढी प्रभावित देखिएको बताएका छन । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमा एमएस ब्लेडमा अन्तशुल्क थप गरिएको छ भने स्पन्ज आइरन र स्क्राबमा भन्सार शुल्क शुन्य र अन्तशुल्क समेत शून्यमा झारिएको छ । स्पन्ज आइरन र स्क्राब ल्याएर विद्युतिय भट्टीमा पगालेर टीमएट

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ४७९ पटक पढिएको
  • उभोक्तालाई राहत दिन सरकारले खाने तेलमा भन्सार शुल्क घटाउनु पर्नेमाग

    विराटनगर-अन्तराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन । भारतले खाने तेलको मूल्य बृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि, ढुवानीको भाडा र प्याकिङ सामाग्रीको मूल्य बढेका कारण नेपालमा खानेतेलको मूल्य बृद्धि भएको नेपाल बनस्पती ध्यू तेल उत्पादक संघले जनाएको छ । उद्योगहरुले मनोमानी रुपमा खानेतेलको मूल्य बढाए भन्ने गुनासो बढेपछि संघले विज्ञप्ती मार्फत तेलको मूल्य बृद्धिको कारण खुलाएको हो । संघका अध्यक्ष सन्दिपकुमार अग

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ६३९ पटक पढिएको
  • उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन परामर्शदाता भेला सम्पन्न

    विराटनगर-उद्योग संगठन मोरङले प्रारम्भ गरेको स्र्टाटअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत स्र्टाटअपहरुलाई व्यवसायीक योजना तर्जुमा, व्यवसाय दर्ता, कानुनी, प्रशासनीक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनश्रोत व्यवस्थापन,वित्तिय व्यवस्थापन, बजारीकरण, लगायतका बिषयहरुमा परामर्श सेवा प्रदान गर्न छनौट हुनुभएका परामर्शदाताहरुका लागि संगठनले दुई दिने परामर्शदाता भेलाको आयोजना गरेको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले परामर्शदाता छनौट हुनु भएका विभिन्न क्षेत्रका विज्ञहरु, सफल उद्यमीहरु, विषय विज्ञ प्राविधिकहरु, बरिष्ठ वित्तिय विश्लेषक, चार्टर एकाउन्टेन्ट, कानुन विज्ञहरुले आ-आफनो विशेषज्ञताका आधा

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ६४३ पटक पढिएको
  • प्र्रदेश १ सरकारलाई १ करोड बरावरको स्वास्थ्य समाग्री प्रदान

    विराटनगर -  प्रतिमान निमा स्मृति फाउण्डेशनले आज प्रदेश १ सरकारलाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेसनले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री भीम आचार्यलाई सामग्री प्रदान गरेको हो । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको फाउण्डेशनले जनाएको छ । अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले विभिन्न ११ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सो क्रममा मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताए  । २००७ सालका क्रान्तिका योद्धा प्रतिमान

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ३२५ पटक पढिएको
  • विराटनगरमा ६३ सहित प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथानमा १–१, झापाको दमकमा २४, विर्तामोडमा २१, कनका

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ९० पटक पढिएको
  • प्रदेश १ मा थपिए २ मन्त्री र ३ राज्यमन्त्री

    विराटनगर-  प्रदेश १ मा आज २ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री भीम आचार्यले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पाँच जनालाई मन्त्री र राज्यमन्त्री बनाएकाहुन । तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री बनाइएको छ । मुख्यमन्त्री आचार्यले उत्तमकुमार बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाएकाछन । आचार्य गत भदौ १० गते प

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २८२ पटक पढिएको
  • भू–सेवा केन्द्र सुरु गर्दै विराटनगर मालपोत

    विराटनगर-  मालपोत कार्यालय विराटनगरले आगामी कात्तिकदेखि अनलाइन प्रणालीमार्फत भू–सेवा केन्द्र सुरु गर्ने भएको छ । विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अनलाइनबाट केन्द्र सञ्चालनमा ल्याइने जनाएको हो ।  कार्यालय प्रमुख लोकबहादुर भण्डारीले भू–सेवा केन्द्रको सुरुवातपछि मालपोतको लेखापढी सेन्टर भू–सेवा केन्द्रमा रुपान्तरण हुने बताए । उनका अनुसार जग्गासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रविधिबाट हुने छ । मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। फाइलहरू कम्प्युटरराइज

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ४२२ पटक पढिएको
  • केएमसीले नेपालकै ठुलो एनआइसीयू सञ्चालनमा ल्यायो

    काठमाडौं — काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपच

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ३८४ पटक पढिएको
  • ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

    ताप्लेजुङ — पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।मङ्गलवार सम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसै गरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ३२५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल