विराटनगर-  प्रदेश १ मा आज २ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री भीम आचार्यले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पाँच जनालाई मन्त्री र राज्यमन्त्री बनाएकाहुन । तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री आचार्यले उत्तमकुमार बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाएकाछन । आचार्य गत भदौ १० गते प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको हो । उनले भदौ ११ गते बलबहादुर साम्सुहाङलाई सामाजिक विकास र लछुमन तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाएकाथिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्राल र भौतिक पूर्वाधार मन्त्रालय आचार्य आफैले राखेकाछन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र  राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । नेकपा एमालेका ५१ जना प्रदेश सांसदमध्ये १० जनाले नयाँ दल रोजेका छन् । १० जनाले नेकपा (एकीकृत समाजवादी) रोजेपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेका छन । 

आफू अल्पमतमा परिसकेको अवस्थामा उहाँले मन्त्रिपरिषद् विस्तार गरेकाहुन । आचार्य अल्पमतमा परेपछि प्रदेशमा गठबन्धनका तर्फबाट नयाँ सरकार गठनको तयारी भइरहेको छ । नयाँ सरकार बनाउनलाई बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । तर मुख्यमन्त्रीको दल नेकपा एमालेसँग सभामुखसहित ४१ जनामात्रै सांसद छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २२ गते प्रदेश १ को हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।