सुनसरी दुहबी नगरपालिकामा टिपरको ठक्करबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ । दुहबी– ९ छाताबेलीस्थित जय बाबा इँट्टा भट्टा उद्योगभित्र टिपरको ठक्करबाट बबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सोही भट्टामा मजदुर कार्यरत भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी हुन् । बुधबार बेलुका पौने ५ बजे को१ख ५४५१ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 


प्रहरीले टिपर र चालक धनकुटा सहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।