विराटनगर-उद्योग संगठन मोरङले प्रारम्भ गरेको स्र्टाटअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत स्र्टाटअपहरुलाई व्यवसायीक योजना तर्जुमा, व्यवसाय दर्ता, कानुनी, प्रशासनीक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनश्रोत व्यवस्थापन,वित्तिय व्यवस्थापन, बजारीकरण, लगायतका बिषयहरुमा परामर्श सेवा प्रदान गर्न छनौट हुनुभएका परामर्शदाताहरुका लागि संगठनले दुई दिने परामर्शदाता भेलाको आयोजना गरेको छ । 


संगठनका अध्यक्ष सुयश प्याकुरेलले परामर्शदाता छनौट हुनु भएका विभिन्न क्षेत्रका विज्ञहरु, सफल उद्यमीहरु, विषय विज्ञ प्राविधिकहरु, बरिष्ठ वित्तिय विश्लेषक, चार्टर एकाउन्टेन्ट, कानुन विज्ञहरुले आ-आफनो विशेषज्ञताका आधारमा स्र्टाटअपहरुलाई परामर्श सेवा उपलब्ध गराउन सहमति जनाउनु भएकोमा खुशी व्यक्त गर्दै नविन सोच र आइडियालाई व्यवसायीक विकास रुपान्तरणमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको वताए । उनले विकसीत मुलुकहरुमा स-सानो लगानीबाट प्रारम्भ भएका स्र्टाटअपहरुले विश्वभर आफनो व्यवसाय विस्तार गरेको उदाहरण दिदै स्र्टाटअपहरुको व्यवसायीक विकास र प्रवद्र्धनमा सबैको अग्रसरताका लागि अनुरोध गरे । 


स्र्टाटअप समितिका संयोजक सुरेन्द्र गोल्छाले संगठनले प्रारम्भ गरेको स्र्टाटअप तथा इनोभेशन कार्यक्रमले व्यवसायीक सेवाहरुको इकोसिष्टमको विकास गर्न एउटा सफल प्रणालीको विकास गर्ने विश्वास व्यक्त गरे । उनले व्यवसायीक विकासका लागि संगठनबाट छनौट हुने स्टार्टअपहरुमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल, एन्जेल क्यापिटल लगायतका लगानीकर्ताहरुका साथ सहजीकरण र समन्वय गर्नुका साथै स्टार्टअपको आवश्यकता अनुसार नमुना उत्पादन, प्रयोगशाला परिक्षण तथा अनुसन्धानका लागी साझेदार संस्थाहरु मार्फत सेवा उपलब्ध गराउने वताए । 


समितिका सह-संयोजक विजु थपलियाले मेन्टरर्स र स्र्टाटअप व्यवसायीहरुको सम्वन्ध विस्तार गरी व्यवसायीक  विकास र हितमा उपयोग गर्न दुई दिने मेन्टर्स मिटले सहयोग पुर्‍याउने बताए । संगठनले आयोजना गरेको मेन्टरर्स मिटका सहजकर्ता तथा अन्तरप्रेरणा नेपालका प्रमुख कार्यकारी अधिकृत निरज खनालले संगठनबाट छनौट हुने स्र्टाटअपहरुलाई उपलब्ध गराउने परामर्श सेवालाई दृष्टिगत गरी सफल मेन्टर्समा छिटो सिकाउन, आत्मविश्वास अभिवृद्धि गर्ने र लक्ष्य निर्धारण गर्न सक्ने क्षमताका सम्वन्धमा वताए । उनले स्र्टाटअपहरुको सम्वद्र्धन र प्रवद्र्धनमा सरकार, विकासशील संस्था, संचार क्षेत्र, नागरिक समाज, राजनीतिद दलहरु, विभिन्न संघ/संस्था लगायत सबैको साथ र सहयोग आवश्यकता औल्याए ।