राजनीति

    Showing ४१-५० of १७० items.
  • उद्धव थापा बने काङ्ग्रेस प्रदेश १ सभापति, गुरुराज घिमिरे दुई मतले पराजित

    विराटनगर–  प्रदेश १ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गुरुराज घिमिरे भने २ मतले पराजित भएका छन् । थापा यसअघि झापा जिल्लाका सभापति थिए । घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला समूहको समर्थनमा सभापतिको उम्मेदवार बनेका हुन् । प्रदेश १ मा कुल १ हजार सात सय ५२ मत खसेको थियो, जसमध्ये थापाले ८४४ मत र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए । त्यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । महामन्त्रीमा भने संस्थापन इतरका उमेश थापा र भुपेन्द्र राई विजयी भएका छन् । सहमहामन्त्री

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २८५ पटक पढिएको
  • विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले भने- एमसिसी पास गर्ने षड्यन्त्र हुँदै छ

    नेकपा महासचिव विप्लवले एमसिसी पास गर्नका लागि सदन बोलाइएको आशङ्का व्यक्त गरेका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले एमसिसी पास गर्नका लागि सदन बोलाइएको बताएका हुन् ।‘एमसीसि पास गर्ने नगर्ने विषयमा अमेरिकामा मङ्सिर २७ गते बैठक बस्दै छ, सरकारले मङ्सिर २८ गते संसद बोलाएको छ,’ विप्लवले भने, ‘यहाँ एमसिसी पास गर्ने षड्यन्त्र हुँदै छ,’ एमसिसी देशको कानुनभन्दा माथि रहेको बताउँदै उनले पास गर्न नहुने बताए ।उनले नेकपासँग गरेको तीनबुँदे सम्झौता पालना गर्न सरकारले अटेर गरेको भन्दै असन्तुष्टि जनाए । आफ्नो पार्टी सम्झौता पालना गर्न प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले पालना नगरे विद्रोह

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ३०८ पटक पढिएको
  • नेपाली कांग्रेस सुनसरी सभापतिमा केदार भण्डारी बिजयी

    विराटनगर-नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी बिजयी भएका छन । उनी कोइराला निकट प्यानलका उम्मेदवार हुन । नेपाली काग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट सुनसरी सभापतिमा भण्डारी निर्वाचित भएका हुन । आईतबार इनरुवाको जेल फल्डिमा सम्पन्न मतदानमा कुल २ हजार ७ सय ७४ मत खसेको मध्ये भण्डारीले १४२२ मत पाएका हुन । उनका प्रतिद्वन्दी संजयप्रसाद श्रेष्ठले १ हजार ३ सय ९ मत प्राप्त गरे । उपसभापति पदमा नगेश चन्द्र राईले १ हजार ३ सय ३५ मत र पंकज कुमार महतोले १ हजार ३ सय १३ मत प्राप्त गरि बिजयी बनेका छन । उनीहरुका प्रतद्वन्दी गफार अन्सारी मियाले १ हजार २ सय ९७ मत र महेश दत्तले १ हजार १ सय ६६ मत ल्य

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ४३० पटक पढिएको
  • माओवादी पालिका अधिवेशन : झापा पालिकामा नेतृत्व सर्वसम्मत

    झापा-झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका छन् ।पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ३९५ पटक पढिएको
  • आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

    चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे ।उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुर्याउनका लागि आफ्नो उम्मेदवारी रहने बताए । भूमिहीन, सुक

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • २६९ पटक पढिएको
  • काँग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

    काठमाडौं - नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदै छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • २४२ पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार)प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मंगलबार नेवपाल बन्दका कारण विश्वासको मत लिन रोकिएका राईले आज साढे ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।मंगलबार नै लिने कार्यसूची रहेकामा सरकारले गरेको इन्धनको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दले उनको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । बन्दबाट बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरु अनपस्थित रहेको जनाउँदै सभामुख प्रदिवकुमार भण्डारीले बैठक आजसम्मका लागि स्थगित गरेका थिए । एमालैलाई देखाएर बैठक स्थगित गरेको भन्दै राईले सभामुख भण्डारीको आलोचना गरेका थिए ।पा

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ३२२ पटक पढिएको
  • मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिने

    विराटनगर-मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् । प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराएका थिए । विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ ।बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ३८० पटक पढिएको
  • मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने

    विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मङ्गलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेशसभाको बैठक मङ्गलबार बस्दै छ । उक्त बैठकमा उनले विश्वासको मत लिन लागेको जनाइएको छ । यसअघि कात्तिक २३ गते बैठक डाकिएको भएपनि मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ३२९ पटक पढिएको
  • मुख्यमन्त्री राजेन्द्र राईको आरोप : पूर्वमुख्यमन्त्रीहरूले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै गरेनन्

    भोजपुर - प्रदेश नम्बर  १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण सहित अरुण नदीमा कुनै पनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताएको छन् ।  मुख्यमन्त्री राईले गृह जिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको आरोपसमेत लगाए । प्रदेशको नामकरण गर्ने विषयमा कम्तीमा दुई तिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ । प्रदेशको नामकरणको विषयमा ठुला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ । योभन्दाअगाडि त्यस्तो नभएको र अब गठबन्धन यही प्रक्रियाबाट नामाकरणक

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ३९८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल