विराटनगर–नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर महानगर पालिकाको निर्वाचनमा नागेश र अमरेन्द्रलाई जिताउन आग्रह गरे । उनले गठबन्धन आम निर्वाचन सम्म जाने भएकाले विराटनगरको विकासको जिम्मा आफुलाई दिन आग्रह गरे । 

उनले विराट राजाको दरबार, विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन आफुले बजेटको ब्यावस्था गर्ने बताउदै वीपी र गिरिजा प्रसाद कोइरालाले देखेको समृद्ध विराटनगरको सपना पुरा गर्न आफुपनि लागिपर्ने उल्लेख गरे । 

nc 4

आफु रहरले प्रधानमन्त्री नभएको दोहोर्याउदै दुई तिहाइको ओली सरकारले गणतन्त्रनै धरापमा पार्ने र संविधान माथि प्रहार गर्ने काम गरेकाले सबैदलका साथीहरुको साथ पाएपछि मात्र गणतन्त्र जोगाउन आफू प्रधानमन्त्री बनेको उल्लेख गरे । 

nc 2

उनले ओलीको शासनमा जनताले ओलीको विरोध समेत गर्न नपाउने परिस्थिति सृजना गरेको तर आफु प्रधानमन्त्री भएपछि जनताको मौलिक अधिकारको रक्षा भएको उल्लेख गरे । उनले भने‘पहिले ओली विरुद्ध लेख्न डराउने मिडिया अहिले खुलेर मेरो विरोधमा लेखिरहेका छन ।’

nc 3

कार्यक्रमलाई विराटनगर महानगर पालिकाका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला, निवर्तमान नगरप्रमुख भीम पराजुली, प्रदेश सभापति उद्वव थापा, महामन्त्री विश्वप्रकाश शर्मा, शेखर कोइराला, रामचन्द्र पौडेल, महेश आचार्य, डिना उपाध्याय,  मिनेन्द्र रिजाल, अमृत अर्याल, डिकबहादुर लिम्बु, डिला संग्रौला लगायतले सम्बोधन गरेका थिए ।