विराटनगर-नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवनको विराटनगर ४ एयरपोर्ट रोडमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आइतबार सिलान्यास गरेका छन । सिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य डा. डिला संग्रौला लगायतका केन्द्रिय, जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । मोरङको क्षेत्र नम्बर ६ डा.कोइरालाको निर्वाचन क्षेत्र हो । 

dr shekhar 4

साविकको कन्चनबारी ९ ‘ख’ को एक कठ्ठा जमिन प्रदेश सांसद चुमनारायण तबदारको परिवारले निःशुल्क रुपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ लाई प्रदान गरेको हो । २०५४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका बेला चुमनारायण, माइलो भाई नेत्र र कान्छो भाई अभिनारायण समेतले पिता अच्छेलाल तबदारको नामबाट नेपाली कांग्रेसको नाममा नामसारी गरि जग्गा प्रदान गरेका थिए । अहिले चलनचल्तीमा उक्त जमिनलाई २ करोड रुपैयाँ पर्छ । 

dr shekhar 1

जग्गा दाताको तर्फबाट क्षेत्र नम्बर ६ का क्षेत्रीय प्रतिनिधि समेत रहेका नेत्र तबदारले डा.शेखर कोइरालासंगै सिलान्यासमा सहभागिता जनाए । कन्चनबारीको विकाश र शहरीकरणमा तबदार परिवारको योगदान रहदै आएको छ । 

नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा भवन निर्माण समितिका संयोजक निरंजन रिजालले पहिला एक तलाको भवन निर्माण हुने पछि विस्तारित रुपमा दुई सय जान अट्ने हल सहितको तीन तलाको भवन निर्माण गरिने जनाए । कार्यालयको नक्सा बन्ने क्रममा रहेको आर्थिक श्रोत पनि कार्यकर्ताहरुबाट प्राप्त हुने स्वेच्छिक रकमबाट भवनको निर्माण गरिने छ ।

क्षेत्र नम्बर ६ का क्षेत्रीय सहसचिव केशव गिरीले कार्यालयको भवन निर्माण पछि कार्यकर्ताहरुका पिरमार्का बुझ्न र संगठनलाई विस्तार गर्न सहज हुने प्रतिक्रीया दिए ।