विराटनगर-नाम राख्न नसकेको प्रदेश १ मा आइतबार मन्त्री मण्डल विस्तार भएको छ । प्रतिपक्ष दल एमालेको विरोधका बावजुद प्रदेश सरकारमा ७ नयाँ मन्त्री र एक राज्यमन्त्री थपिएका हुन । अब प्रदेश १ को सरकारको आकार १४ सदस्यीय बनेको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईले अनावश्यक खर्च कटौती गर्ने प्रतिबद्धता जनाएका पनि मन्त्रालयको संख्या र मन्त्रीमण्डलको आकार बढ्दा प्रदेश सरकारले अनावश्यक आर्थिक भार थेग्नु पर्ने देखिएको छ । 

थपिएका ६ मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सफत ग्रहण गराएका छन । थपिएका नयाँ मन्त्रीहरुमा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा वन, वातावरण तथा भु-संरक्षण मन्त्री, ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री, प्रताव प्रकाश हाङमाङ भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री बनेका छन । 

नेकपा एकीकृतबाट उपेन्द्र घिमिर यातायात व्यवस्था तथा संचार मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, पर्यटन तथा संस्कृति मन्त्री खिनु सङबा (लिम्बु) बनेका छन भने पहिले समाजिक विकास मन्त्री रहेका जयराम यादव सामाजिक विकासबाट स्वास्थ्य मन्त्रालयमा सरेका छन ।  सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे दोहोरिएकी छन । 

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी सिंचाई तथा उर्जा मन्त्री र झलकसिंह दर्लामी मगर कृर्षि मन्त्री भएका छन ।  

सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ । प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो । संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो । साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन् ।


विस्तारित पूणर् मन्त्री मण्डलको नामावली 

१.मुख्यमन्त्री राजेन्द्र कुमार राई

२.आर्थिक मामिला तथा योजना मन्त्रालय - ईन्द्र बहादुर आङबो

३.सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय - हिमाल कार्की

४.आन्तरिक मामिला तथा कानुन मन्त्रालय - केदार कार्की

५.स्वास्थ्य मन्त्रालय - जयराम यादव

६.खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय - राम कुमार राई

७.सामाजिक विकास मन्त्रालय - राजन राई

८.पर्यटन तथा संस्कृति मन्त्रालय - खिनु सङबा (लिम्बु)

९.कृषि मन्त्रालय - झलक बहादुर मगर वन

१०.वातावरण तथा भु-संरक्षण मन्त्रालय - शेखर चन्द्र थापा

११.उद्योग, श्रम तथा रोजगार मन्त्रालय - ओम प्रकाश सरावागी

१२.भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय - प्रताप प्रकाश हाङगाम

१३.यातायात व्यवस्था तथा संचार मन्त्रालय - उपेन्द्र प्रसाद घिमिरे

१४.सामाजिक विकास मन्त्रालय - राज्यमन्त्री -विष्णु तुम्बाहाम्फे