विराटनगर–नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर महानगर पालिकाको निर्वाचनमा नागेश र अमरेन्द्रलाई जिताउन आग्रह गरे । उनले गठबन्धन आम निर्वाचन सम्म जाने भएकाले विराटनगरको विकासको जिम्मा आफुलाई दिन आग्रह गरे । उनले विराट राजाको दरबार, विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन आफुले बजेटको ब्यावस्था गर्ने बताउदै वीपी र गिरिजा प्रसाद कोइरालाले देखेको समृद्ध विराटनगरको सपना पुरा गर्न आफुपनि लागिपर्ने उल्लेख गरे । आफु रहरले प्रधानमन्त्री नभएको दोहोर्याउदै दुई तिहाइको ओली सरकारले गणतन्त्रनै
विराटनगर-नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्ष्य गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔं’ कार्यक्रमको मोरङ जिल्लामा पनि आइतबारबाट शुभारम्भ गरेको छ । विराटनगर महानगर पालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले अभियानको शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ पछि नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै अभियानका मोरङ प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसको यो अभियानलाई टोलटोल सम्म पुर्याउने दायित्व मोरङ जिल्लामा आफूले लिएको बताए । आवश्यक परेको बेला कांग्रेस जहिले पनि एक भएको इतिहास रहेकाले
विराटनगर-कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार मुल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ । कांग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरुको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको
विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् । विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास गर्ने वातावरण बनेको छ,” अर्यालले भने, “यदि एमसीसी अनुमोदन नभएको भए अमेरिकाले त सहयोग रोक्थ्यो नै अन्य दातृ राष्ट्र र संस्थाले पनि सहयोग रोक्थे । अनि त्यसपछिको नेपालको आर्थिक अवस्थाक
विराटनगर-नाम राख्न नसकेको प्रदेश १ मा आइतबार मन्त्री मण्डल विस्तार भएको छ । प्रतिपक्ष दल एमालेको विरोधका बावजुद प्रदेश सरकारमा ७ नयाँ मन्त्री र एक राज्यमन्त्री थपिएका हुन । अब प्रदेश १ को सरकारको आकार १४ सदस्यीय बनेको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईले अनावश्यक खर्च कटौती गर्ने प्रतिबद्धता जनाएका पनि मन्त्रालयको संख्या र मन्त्रीमण्डलको आकार बढ्दा प्रदेश सरकारले अनावश्यक आर्थिक भार थेग्नु पर्ने देखिएको छ । थपिएका ६ मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सफत ग्रहण गराएका छन । थपिएका नयाँ मन्त्रीहरुमा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा वन
विराटनगर-नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवनको विराटनगर ४ एयरपोर्ट रोडमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आइतबार सिलान्यास गरेका छन । सिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य डा. डिला संग्रौला लगायतका केन्द्रिय, जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । मोरङको क्षेत्र नम्बर ६ डा.कोइरालाको निर्वाचन क्षेत्र हो । साविकको कन्चनबारी ९ ‘ख’ को एक कठ्ठा जमिन प्रदेश सांसद चुमनारायण तबदारको परिवारले निःशुल्क रुपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ लाई प्रदान गरेको हो । २०५४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका बेला चुमनारायण, माइलो भाई नेत्र र कान्छो भाई अभ
विराटनगर-नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिएका ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन । उनी सहित उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन तालिका अनुसार उक्तपदमा अन्य उम्मेदद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।यसैगरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको बताइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । अन्तिम नामावली प्रकाशन शनिबार साँझ ६ बजे गर्ने कार्यक्रम छ ।उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्मका लागि राखिएक
विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले आपसी कटुता र बैमनस्यको अन्त्य गरेर अगाडि नबढेसम्म आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले जित हासिल गर्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अर्यालले महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर पार्टी एकतामा लाग्नुपर्नेमा जोड दिए ।पार्टीभित्र सबैलाई अवसर प्रदान गर्नुपर्ने बताउँदै अर्यालले महाधिवेशनमा भएका प्रतिस्पर्धालाई भुलेर आसन्न निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताए । पार्टीमा सबैको अस्तित्व र सबैको सम्मान हुनुपर्नेमा उनले जोड दिए । गाउ
विराटनगर-१४ औं महाधिवेशनबाट सभापतिको दौडमा दोश्रो नम्बरमा रहेका डा.शेखर कोइरालाले आफु पार्टीको बरियातामा २० औं नम्बरमा भएपनि आफुले प्राप्त गरेको १८ सय ५५ मत नै आफ्नो बरियाता रहेको उनले बताएका छन । १४ औं महाधिवेशन सम्पन्न गरि गृहनगर विराटनगर आएका कोइरालाले आफुले परिवार भित्रकै भाइ, बैनीहरु र नेताहरुलाई मिलाएर लान नसकेको कारण आफुले गणीतिय हार ब्यहोर्नु परेको बताए । उनले भने‘मैले भाइ, बैनी र मेरै नेताको चित्त बुझाउन सकिन, त्यो नै मेरो कमजोरी थियो ।’पार्टी भित्र हिजो केन्द्रिय सदस्य हुदा पनि आफुले जुन भूमिका निर्वाह गरेको थिए त्यो भन्दा बढी भूमिका अब निर्वाह गर्ने बताउदै कोइरालाले आफुले अब ती
विराटनगर-नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट-उपगुटको अन्त्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुटहरू समाप्त भएको दाबी गरे । “म गुटभन्दा पनि विचार समूह भन्न रुचाउँछु, पार्टीको महाधिवेशन सम्पन्न भइसकेकाले सबै विचार समूहलाई समेटेर कांग्रेसलाई सुदृढ र सशक्त पार्टी बनाउनेतर्फ ध्यान दिनुपर्छ,” अर्यालले भने, “महाधिवेशनमा शेरबहादुर दाइ, शेखर दाइ, विमलेन्द्र दाइ र प्रकाश दाइको विचार समूहबीच प्र
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ...
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.