विराटनगर–राजधानीबाट कोशी प्रदेश आउन चाहने तर सवारी साधन र हवाइ टिकट नपाएर अलपत्र परेका यात्रुलाई कोशी प्रदेशसम्म ल्याउने सहज ब्यावस्था गर्न कोशी प्रदेश सरकारसंग माग गरेको छ । सरकारले तत्काल राजधानी लगायतका कोशी प्रदेशका अन्य जिल्लामा अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गर्न आग्रह गरेको हो ।
शनिबार गएको बाढी पहिरोको कारण अवरुद्ध राजमार्ग खुलाउन, विद्युत र संचार सेवा सुचारु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउदै जिल्ला र गाउँ तहका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई तत्काल उद्धार तथा राहत वितरणमा सहभागिहुन आव्हान समेत गरेको छ ।
मुलुकमा बढ्दै गएको मंहगी, कालोबजारी र भ्रष्टचारलाई नियन्त्रण गर्न र दशैं तिहार जस्ता चाडपर्वमा हुने कालोबजारीलाई रोक्न तत्काल कदम चाल्न समेत सरकार समक्ष आग्रह गरिएको छ । भर्खरै बनेको एमाले कांग्रेसको संयुक्त सरकारलाई निरन्तरता दिनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता यदु विष्टले दलहरुले सहअस्थित्वको भावनालाई आत्मसात गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।
नेपाली कांग्रेस कोशी प्रदेशको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा विकास निर्माण भइरहेको ढिलासुस्ती र त्यसले निम्त्याएको विनासबाट केही सिकेर गुणस्तरिय र दीर्घकालिन विकास निर्माण हुनुपर्नेमा विष्टले जोडदिदै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गरे ।