विराटनगर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौंलाले मन्त्रालयको एउटा कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन ।
विराटनगरमा संचारकर्मीसंगको कुराकानीमा सिटौंलाले कर्मचारीमाथि प्रश्न उठ्ने वित्तिकै गृहमन्त्रीले राजीनामा दिन नहुने उल्लेख गरे । भिजिट भिषामा जानेहरुबाट अवैध रकम लिएको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ति कर्मचारीमाथि निचोड बाहिर आउन बाँकीनै छ अनुसन्धान हुदैछ । यसमा हतारिएर मन्त्रीले राजीनामा दिन आवश्यक छैन ।
गोकुल बास्कोटा, जनार्दन शर्मा, रामशरण महत, माथिनै प्रश्न उठेकाले उहाँहरुले राजीनामा दिनुभयो तर अहिले कर्मचारी माथि प्रश्न उठेको छ । कर्मचारीमाथि प्रश्न उठ्ने र मन्त्रीले राजीनामा दिन थाल्ने हो भने सरकारमा कोही रहनै नसक्ने अवस्था आउने सिटौंलाले बताए ।
नीतिगत भ्रष्टचारपनि यो होइन कुन नीतिमा लाभ पुग्ने गरि गृहमन्त्रीले निर्णय गरेका छन त छैनन नि । सर्बोच्चका एक कर्मचारीको गल्तिले रेशम चौधरी जेल पुगे तर कर्मचारीको गल्तीमा रजिष्टार र प्रधानन्यायधिसले त राजीनामा दिएनन् नि ति कर्मचारीलाई मात्र कारवाहि भयो । हो त्यस्तै यसमा पनि कर्मचारीमाथि छानविन भइरहेको छ बताउदै सिटौलाले ‘दोषी भए उनी दोषीको भागिदार हुन्छन तर मन्त्रीले राजीनामा दिनु भने पर्दैन ।’
राजा र हिन्दू राष्ट्रको बिषयमा जनमत संग्रहमा जानलाई समस्या के छ भन्ने बिषयमा हिन्दु राष्ट्र र राजा ल्याउने कुरा अहिले बहसको बिषय नभएको बताउदै उनले संविधानको समिक्षा गर्नुपर्ने त्यसको निष्कर्षका बिषयलाई लिएर कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रमा मुलुक अघि बढी सकेकाले राजतन्त्रमा मुलुक फर्कन संभाव नभएको उनले बताए । उनलभने‘संविधान आएको १० बर्ष पुग्यो अब समिक्षा गरेर कमजोरी सुधारेर अघि बढ्नु पर्छ । जनमत संग्रहमा जाने बिषय यो आन्तरिक बिषय हो ।’ संसदले आवश्यक नठानेको बिषयमा किन जनमत संग्रहमा जाने ? सिटौलाले प्रतिप्रश्न गरे ।
संविधान संसोधनको कुरा पहिले संविधानको कार्यान्वयनको समिक्षा गरेर मात्र अघि बढ्नुपर्छ सरकारले आफ्नो नीति तथा कार्यक्रममा यो विषय समेटेको छ । नेपाली कांग्रेस र एमालेले मात्रै संविधान संसोधन गर्न सक्दैनन । त्यसैले सबैलाई समेट्न संविधानको समिक्षा गर्नुपर्ने आवश्यकता सिटौलाले औंल्याउनु भयो ।
जनतामा छाइरहेको नैराश्यताको कारण दलहरुको अनुशासन र नैतिकतामा आएको कमिको कारणले भएको बताउदै सिटौंलाले भने‘सरकारमा आफू जाँदा ठिक, अरु जादा बेठीक देख्ने प्रबृतिले जनतामा निराशा छरेको छ ।’आफू प्रधानमन्त्री हुदा सबै ठिक आफू सत्ता बाहिर हुदा बेठिक देख्ने प्रबृति नेपालको राजनीतिलाई नै विशाक्त बनाएको छ तर्क उनले गरे ।
नेपाली कांग्रेसको केन्द्रिय समितिको कार्यकाल चार बर्ष भएपनि यस अघिका अधिवेशनहरु पाँच बर्षमा भएकाले यो २०८२ को मंसिर भित्रमा महाधिवेशन सम्भव नभएको बताउदै सिटौंलाले २०८३ भित्रमा जसरी पनि महाधिवेशन हुनुपर्ने बताए । किसुनजी गणेशमानजीको पालामा समेत पाँचौं बर्षमा महाधिवेशन हुदै आएको दृष्टान्त पेश गर्दै सिटौंलाले नेपाली कांग्रेसका पदाधिकारीहरुले बसेर महाधिवेशनको मिति तय गर्ने बताए । उनले भने ‘अहिले सम्म सदस्यतानै फाइनल हुन सकेको छैन, तपाईहरुको मोरङमै सदस्यता टुंगो लागि सकेको छैन भने यस्तो बेलामा महाधिवेशन हुदैन पहिले सदस्यता टुंगो लाग्नु पर्छ ।’