विराटनगर–बुढीगंगा गाउँ पालिकाको वडानम्बर १ का वडाध्यक्षले जग्गा किनबेचको सिफारिस नदिदा जग्गा किन्ने र बिक्री गर्ने स्थानियले तनाव ब्यहोर्नु परेको छ । राजश्व संकलनको प्रमुख स्रोत रहेको जगगा किनेबेचबाट आउने राजश्व पनि प्रभावित बनेको छ । 

वडाध्यक्षको हठको कारण संविधानले व्यवस्था गरेको नीजि सम्पत्तिको अधिकारबाट समेत स्थानियलाई बञ्चित गर्ने काम भएको छ । वडाध्यक्ष सोमप्रसाद काफ्लेले जग्गा प्लटिङवाला गणेश थापासंगको प्रतिशोध साध्न जग्गाको किनवेचको सिफारिस दिन झमेला खडा गरेको पीडितहरुले बताएका छन ।  

साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को ११० नम्बर कित्ताबाट किताकाट गरि दुई वटा घडेरी पास गर्न सोलु घर भएका खनाल दम्पतीले एक सातादेखी वडाबाट सिफारिस लिन धाएपनि वडाध्यक्षले ऐलानी जमिनसंग जोडिएको जग्गा भन्दै सिफारिस दिन मानेनन् । जबकी उनीहरुको जमिन कुनैपनि ऐलानी जमिनसंग जोडिदैन । नाम सार्बजनिक गर्न नमानेका ती दुई दम्पति सरकारी जागिरमा छन उनीहरुको केही दिनको मात्र छुट्टी मिलाएर आएका हुन । जग्गा पास गर्न दुबै एक साता देखी वडा कार्यालयमा धाइरहेका छन तर काम भएको छैन । 

खनाल दम्पतीका अनुसार वडाध्यक्षले कहिले अमिन लगाएर जमिन नाप्न लगाउने त कहिले गाउँ पालिकाको सिफारिस माग्ने गरेर दुख दिएको बताए । उनीहरुले गाउँ पालिकाबाट सिफारिस ल्याएपनि अब मालपोत कार्यालयमा सोध्नु पर्छ उक्त जग्गा विक्रीकोलागि सिफारिस दिनेकी नदिने भन्दै अलमल्याएइरहेको उनीहरुले गुनसो गरेका छन । 

यस अघि साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को किता नम्बर ११४ र किता नम्बर ३३१ को नम्बरी निजी जमिन तनुकलाल यादवकी श्रीमाति लिलावती यादवको नाममा रहेको उक्त जमिनमा जग्गा धनीलाई कुनै जानकारी नै नदिइ लिखित कुनै सहमति नगरि २२ फिटको बाटो नम्बरी जमिनको बिचबाट खोलिदिएको बिषयलाई लिएर प्लटिङवाला गणेश थापा र वडाध्यक्ष काफ्ले बिच भनाभन भएको थियो । 

वडा सदस्य मोहन खतिवडा र वडाध्यक्ष काफ्ले दुबैको सहमतिमा गणेश थापाको प्लटिङको सिफारिस दिन बिलम्ब गर्ने र रिसइवी साध्ने गोप्य सहमति भएको कारण अहिले जमिन किन्ने र बिक्रीगर्ने दुबैलाई सास्ती दिने काम भइरहेको एक स्रोतले बतायो ।  

जमिनको एक भागमा १५ फुट जमिन छाडेर जमिननै बिग्रने गरि २२ फुटको बाटो शहरी विकासबाट ६० लाख रुपैया निकासी गरि नीजि जमिनमा ग्रावेलबाटो निर्माण गरिएको थियो । जग्गा धनी यादवका आफन्त राकेश यादवले नसोधी जग्गाधनीको धेरै जमिन काम नलाग्ने गरि निर्माण गरिएको बाटोको विरोध गर्दा उनलाई टोले दादाहरुले लखेटेका थिए । उनले बाटो निर्माण भएपछि मात्र आफ्नो जमिनको पश्चिमको सिमानामा सिमेन्टका पिलर गाडेर जमिनको साँधसिमाना राखेका थिए । 

गणेश थापाले जमिन प्लटिङ गर्न थालेपछि शहरी विकासको बजेटमा बनेको बाटोलाई साविकको स्थानबाट त्यतिनै पूर्वपटि सारेर त्यहि गुणस्तरको बनाइदिए । जस्ले स्थानियलाई हिड्न कुनै समस्या छैन । तर त्यहि बाटो सारेको बिषयलाई लिएर वडाध्यक्षले सार्बजनिक सम्पत्तीको सुरक्षा गर्नुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर उनीहरुले बाटो पटक पटक सार्ने र नयाँ बाटो निर्माणमा अवरोध पु¥याइरहे । 

सार्बजनिक सम्पत्तीको रक्षा गर्नुपर्ने भएपनि बाटो बनेको जमिन लिलावती यादवको नम्बरी जमिन हो । सार्बजनिक सम्पत्तीको रक्षा गर्नु भनेको अरुको नीजि जमिन कब्जा गर्नु होइन । तर वडाध्यक्ष र स्थानिय केही दादाहरुको भरमा लिलावतीको जमिनमाथि ग्रावेलबाटो बनाउने काम भयो । जुन तत्कालिन स्थानिय अगुवा र शहरी विकासका प्रमुखले अख्तियार दुरुपयोग गर्दै नम्बरी जमिनमाथि बाटो निर्माण गरि जनताको करको गलत ठाउँमा लगानी गरेर दुरुपयोग गर्ने काम गरेको स्थानियले बताका छन । 

यसको छानविन हुनुपर्ने स्थानियहरुले माग गरेका छन । २२ फिट चौडा र ८० फिट लम्बाईको उक्त बाटोको दुबै तिर आरसीसी र बिचमा ग्रावेल हालिएको छ । जसको अनुमानित लागत १० लाख हो । तर शहरी बिकासबाट ६० लाख निकासी गरि मिलेमतोमा बाँकी रहेको ५० लाख रकम भ्रष्टचार भएको आशंका स्थानियको छ । 

एक स्थानिय भन्छन‘हामीले त्यो बेलामा जग्गा धनीसंग लिखित अनुमित लिएर बाटो बनाउ यसरी अर्काको जमिनमा आलिबाट हिड्नेबाटोमा ठुलोबाटो बनाउदा स्वीकृती लिनुपर्छ भन्दा टोले दादाहरुले हामीहरुलाई लखेटे, हाम्रो कुरा सुनेनन् । अहिले आएर थाहा भयो की यहाँ त ठुलो रकम कमिसन खान पो हतार हतार ग्रावेलबाटो बनाइरहेको रहेछ ।’

वडाध्यक्ष सोमप्रसाद काफ्लेलाई टेलिफोन सम्पर्क गर्दा उनले आफू एउटा सेमिनारमा भएको र त्यो जमिनको बिक्री अनुमति दिन आफूले गाउँ पालिकाको कार्यालयको अनुमति मागेको र अनुमति आएपनि अब मालपोतको अनुमति आएपछि मात्र बिक्रीका लागि सिफारिस गर्ने बताए । उनले आफुले कुनैपनि सेवाग्राहीलाई दुख दिने नियत नभएपनि त्यो प्लटिङको हकमा भने सबैतिरको सिफारिस आवश्यक रहेको बताए । 

सार्बजनिक सम्पत्तीको रक्षाको जिम्मा लिएको बताउने वडाध्यक्ष काफ्लेले निजी सम्पत्तीको अधिकारको रक्षाका विषयमा पनि संविधानमा उल्लेख भएको मौलिक अधिकारकोे विषयमा भने हेक्का नगरि ‘अदुष्य लाभ’उपलब्ध नभएको कारण किन्ने र बिक्री गर्ने राजी हुदा पनि जमिनको बिक्रीको सिफारिस रोकीरहेको आरोप सेवाग्राहीले लगाएका छन । 

त्यसैगरि आइतबार वडाकार्यालयमा भेटिएका कार्यवाहक वडाध्यक्ष मोहन खतिवडाले गाउँ पालिकाले दुईकिता जमिनमा पुरानै बाटो देखिएकाले सिफारिस दिनु भन्ने आसयको पत्र देखाउन चाहेनन् । उनले उल्टै जमिन प्लटिङ गर्ने थापासंग आक्रोश पोख्तै मालपोत कार्यालयमा सोधेर मात्र सिफरिस दिने उल्लेख गरे । विराटनगरको घोघा खोलामा बाटो बनेको र काठमाडौंमा राजकुलोमा समेत बाटो बनेको बिषयमा कुरा राख्दा उनले हाइवेको जमिन अधिकांस ब्यक्तिको नाममा रहेको दसी पेश गरे । 

निजी जमिनमा सरकारी सम्पत्ती दुरुपयोग गरेर बाटो बनाउदा शहरी विकास कार्यालय र स्थानिय अगुवाहरुलाई अख्तियार दुरुपयोग गरेको अभियोग लाग्छ की लाग्दैन भन्ने सवालमा भने खतिवडा मौन भए । 

प्लटिङवाला गणेश थापाले स्थानिय पुस्कर नेपाल र हिमालय पाठकले पाथीभरा टोल विकासमा आएको शहरी विकासको बाटो ग्रावेल गर्ने रकम लालीगुँराश टोल विकासमा ल्याएर नीजि जमिनमा जबरजस्ती बाटो बनाइदिने काम गरेको बताए । काठमाडौं बस्ने जग्गा धनी भएको कारण उनीहरुले जमिन कौडीको भाउमा लिएर चलखेल गर्ने नियतले जमिन बिग्रने गरि बाटो बनाइदिएको र पछि आफूले जमिन किनेपछि उनीहरु आफ्नो अभिष्ट पुरा नहुने भएपछि आफूसंग रुष्ट भएको उल्लेख गरे । 

थापाले भने‘मैले बाटो दिन्न भन्न पनि सक्छु तर म सामाजिक प्राणी भएकाले मैले उक्तबाटोलाई त्यहा भन्दा २२ फिट पूर्व तिर सारेर त्यहि गुणस्तरमा निर्माण गरिदिएको छु जसले स्थानियलाई कुनै समस्या छैन ।’ तर केही स्थानिय टोले दादाहरुले आफूबाट केही नपाएपछि हाम्रै टोलमा आएर मस्त कमाएर जान लाग्यो भन्ने आरिसले काम गर्न अवरोध गरिरहेको उनले बताए । 

पूर्वपट्टिको ऐलानी जमिन भौडी रहेको र आफूले स्थानियलाई पनि सजिलो हुनेगरि बाटो निकालिएदिएको उल्लेख गरे । राजकुलो र विराटनगर घोगा खोलामाथि नै सडक बनेको प्रशंग उल्लेख गर्दै स्थानियलाई बाटोको आवश्यकता परेकाले आफूले बाटो बनाइदिएको बताए । उनले भने‘वडाले बनाउने बाटो आफूले बनाइदिएकाले मेरो काममा अवरोध गर्नुको साटो सहयोग वडा कार्यालयले गर्नु पर्छ ।’