विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिहिबार राति विराटनगर विमानस्थल उत्रिएका विराटनगर महानगरका मेयर नागेश कोइराला बोल्दाबोल्दै भक्कानिएका छन ।
इजराईल सरकारको निमन्त्रणामा जेठ २६ गते सहकारी र कृषि प्रविधिको प्रयोग एवं शहरी विकासको अध्ययनका भ्रमणका क्रममा रहेका मेयर नागेश कोइराला इजराइल पुगेको तेश्रो दिनबाट दुबै देशबिच युद्ध सुरु भएको थियो । युद्धको त्रसादी कहिल्यै अनुभव नभएका उनी त्यहाँको काहालिलाग्दो अवस्थाको वर्णन गर्दागर्दै भक्कानिएका थिए ।
मिलाईल खस्दै छ भन्ने साइरन बजेपछि बंकरमा गएर बस्नु पर्ने र मिसाई डिफ्यूज भएपछि या खसेपछि फेरि मोबाइलमा म्यासेज आएपछि मात्रै निस्कन पाउने त्रसादी पूर्ण वातावरण सम्झदै मेयर कोइरालाले भने‘बाँचेर आउछु जस्तो लागेको थिएन, तपाईहरुको र विराटनगरवासीको मायाँले आफू बाँचेर आउन सफल भएँ ।’
घर, पसल, मल सबैतिर बंकर अथवा सेफ हाउस बनाइएको हुँदो रैछ । मिसाईल खस्दै गरेको जनाउ दिने साइरन बजेपछि सबै भागाभाग गरेर सुरक्षित हाउस तिर गएर बस्नु पर्ने र मिसाईल खसेपछि केही मिनेटपछि निस्कनु पर्ने दैनिकी काहलि लाग्दो रहेको उनले सुनाए । उनले भने‘मिसाइलको त्रासले अधिकांसमा मानिसक समस्या रहेको छ ।’
तिहारमा आफूले आकाशमा आतिसवाजी देखेको भएपनि त्यहाँ त हजारौं ड्रोन र मिसाईल त्यसरी नै आकाशमा आएर पड्कने गरेको बताए । कहाँ कति बेला मिसाइल खसेर सखाप पार्छ भन्ने निकै त्रसादीको अवस्था रहेको उल्लेख गर्दै कोइरालले भने‘त्यहाँको जीवननै साइरन कतिबेला बज्ला भन्ने त्रासमा हुन्छ ।’
आफन्त, साथीभाइ र परिवारका सदस्यहरु उनलाई विमानस्थलमा स्वागत गर्न पुगेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनी भावुक भएका थिए । आफूलाई युद्धभूमिबाट नेपालसम्म ल्याइपु¥याउन योगदान गर्ने इजराइलमा रहेका नेपाली राजदुत धनप्रसाद पण्डीत, जर्मनीका लागि नेपालका राजदुत सुरज रुपाखेती तथा परराष्ट्रमन्त्री आरजू देउवालाई आभार प्रकट गरे । आफ्नो बारेमा चासो दिएर फोनगर्ने र सकुशल फिर्तीको कामना गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।
उनी दुईदिन अघि स्थलमार्ग हुदै जोर्डन गएर त्यहाबाट विमानमा कुवेतबाट भारतको मुम्बइ त्यसपछि दिल्ली हुदै बिहिबार काठमाडौं उत्रिएका हुन । यति एयरको जहाजबाट विराटनगर विमानस्थल ८ बजे उत्रिदा उनलाई लिन विराटनगरका उनका कार्यकर्ता, आफन्त, साथीभाई र परिवारका सदस्यहरुको ठुलो भिड लागेको थियो ।