राजनीति

    Showing ९१-१०० of १७० items.
  • काङ्ग्रेस महाधिवेशनको मिति नसर्ने

    सत्तारूढ दल नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ५२१ पटक पढिएको
  • राज्यले म माथि षडयन्त्र गर्यो : उपसभापति गच्छदार

    विराटनगर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राज्यले षडयन्त्र गरेर फसाएको बताएकाछन । विराटनगर विमान स्थलमा बिहिबार सञ्चारकर्मीहरुसँगको भेटघाटमा आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको भन्दै जनताको हक अधिकारका लागि लड्ने आफु विरुद्ध अख्तियार मतियार भएर काम गरेको गुनासो गरे । मन्त्रिपरिषद्को निर्णय माथि अख्तियारले कारवाही गर्न नमिल्ने  र यदि कारवाही नै गर्नु पर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नु पर्ने तर्क गर्दै उनले ५० वर्षको राजनीतिक यात्रामा लागेको आफु थारुको छोरा आदिवासी माथि अख्तियारले अन्याय गरेको धारणा व्यक्त गरे । १९ महिना पछि बिहिबार  राजनीतिक कर्म थलो

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २५२ पटक पढिएको
  • विराटनगर ६ को वडा अधिवेशन स्थगीत, निर्वाचन बिहीबार

    विराटनगर - नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम नै मतपत्रमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबारका लागि सारिएको छ ।मतदान अधिकृत डिल्ली दाहालले भने मतदाताले लगाएको आरोपको खण्डन गरेकाछन । मनोनयनपत्र र रजिष्टरमा उल्लेख गरिएको नामका आधारमा ब्यालेट बनेको छ, मतदान अधिकृत दाहालले भने–मनोनयन नै नगरेका व्यक्तिहरुले आफू पनि उमेद्वार भएको दावी गरेर निर्वाचन रोक्नु परेको हो ।विराटनगर–६ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा बुधबार बिहान ८ः३० बजेदेखि मतदानको समय तोकिएको थियो ।

    • प्रकाशित मितिः आश्विन ६, २०७८
    • ३०५ पटक पढिएको
  • राप्रपाको सपथ ग्रहण

    विराटनगर-  राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई सोमबार  सपथ ग्रहण गराइएको छ ।    राप्रपा मोरङको सोमबार भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई  सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिए ।    निर्वाचनमा  अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेकाछन ।राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संग

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ३५२ पटक पढिएको
  • संविधानको रक्षा र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताए ।  संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उनले बताएका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक निय

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २५१ पटक पढिएको
  • काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

    काठमाडौँ — नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए । काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वाभाविक भएको बताए ।पूर्व सांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्न स

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २०७ पटक पढिएको
  • प्रदेश १ सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्छ : नेता कोइराला

    विराटनगर,- नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जिल्ला अधिवेशन पछि उम्मेदवारी घोषणा गर्ने बताएकाछन  । वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको कुराकानीमा नेता कोइरालाले भने,‘ साथीभाईसँग सल्लाहमा गरेर मात्र केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्छु ।’ नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गरे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगा

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २५८ पटक पढिएको
  • नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कमिटी गठन

    विराटनगर-  नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत आज मोरङको कटहरीमा सम्पन्न भेलाले गाउँपालिकाका ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।  भेलाले विद्यानन्द सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।  कमिटीको उपाध्यक्षमा उपेश हरिजन, सचिवमा दिपेन्द्र ऋषिदेव, सह–सचिवमा विरेन्द्र सरदार वासोदेवी सरदारलाई चयन गरेको छ । भेला

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ९२६ पटक पढिएको
  • बजेट रोकिँदैन : मन्त्री कार्की

    विराटनगर— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने  बतार्नुएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए ।उनले मुलुकमा  दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • १९६ पटक पढिएको
  • राजीव दाइकै लयमा चल्ने योजना छ : सभापतिका उम्मेदवार भण्डारी

    नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको प्रक्रियामा लागिरहँदा देशैभरि कांग्रेसको सरगर्मी बढ्दै गएको छ । अझ, मुलुककै कांग्रेसको गढ मानिने सुनसरीमा सरगर्मी नबढ्ने कुरा भएन । कांग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारीले यसअघि नै जिल्ला सभापतिको दावेदारी गरिसकेका छन् । पार्टीको काममा दृढसंकल्पित भएर लाग्ने उनको बानीलाई जिल्लाभरि नै सबैले तारिफ गर्दै आएका छन् ।हुनत पछिल्लो समय सुनसरी कांग्रेस सभापतिमा तीन–चार जनाको नाम सुनिँदै आइएको छ । तर त्यसमध्ये भण्डारी दाबेदार मानिन्छन् । किनकि उनी दुई कार्यकाल सुनसरी कांग्रेस सचिवको अनुभव संगालिसकेका व्यक्ति हुन् । हालसम्म वर्तमान सभापति राजीव कोइराला

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • १,९६९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल