तनहुँ — सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

नेकपा (एकीकृत समाजवादी) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षा अनुसार न्यायोचित विकासको पक्षमा काम गर्ने बताइन् ।

मन्त्री झाँक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् । यस्तै, मन्त्री झाँक्रीले सरकारले संविधानको रक्षा र कार्यान्वयन गर्दै जनताको अपेक्षा पूरा गर्ने बताइन् ।