काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । 

एमालेले आगामी मंसिर १०,११ र १२ गते गर्ने दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

यसैगरी, महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको पनि उनले बताए ।