विराटनगर-  नेकपा एमाले विराटनगर ८ ले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४२, ईद, ल्होसार र उधौली पर्वको अवसर पारेर नेकपा एमाले ८ न वडा कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरे, एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल प्रदेश कमिटी सदस्य बाबुराम कार्की, बिमला घिमिरे, रमेश पोखरेल, विराटनगर  महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला कमिटी सदस्य  रमेश मण्डल, राजन भण्डारी,  जिल्ला कमिटी सल्लाहकार सदस्य मेघराज श्रेष्ठ, ईन्द्र निरौला,  नगर कमिटी सदस्य उषा भण्डारी, नबराज नेपाल, बुद्धिजीवि नरेन्द्र बस्नेत, बिज्ञान चापागाईं  लगायतका नेताहरुको उपस्थिति रहेको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताए ।

विराटनगर ८ ले कोरोना संक्रमणको पहिलो र दोश्रो लहरका समयमा स्वास्थ्य सामाग्री वितरण, आईसोलेसनमा बसेका संक्रमितका घरमा निर्मलीकरण, शक्तिवर्धक आयुर्वेदीक औषधि वितरण लगायतका काम गरेको थियो ।