काठमाडौँ —  नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाएका छन् ।

कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको हो ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । कानुनमन्त्री रहेको कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।