काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको जसपाका नेताहरुको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको सांसद रेणु यादवले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सांसदहरु रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह सहभागी हुनेछन् । प्रधानमन्त्री देउवालाई जसपाले चार मन्त्रीको नामसूची बुझाएको छ । मन्त्रीहरुको शपथ आजै साँझ हुने बताइएको छ ।