कोशी प्रदेश

    Showing ६१-७० of १,१३८ items.
  • अर्थतन्त्र संकटमा नभई दवावमा मात्र छ : प्रधानमन्त्री

    विराटनगर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दवावमा मात्र रहेको दावी गरेका छन । मोरङ व्यापार संघले आयोजना गरेको दसदिने ट्रेड एक्स्पो २०२३ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचाङकहरुमा क्रमिक सुधार आएको दावी गर्दै मुलुकको अर्थतन्त्र संकटमा नभई दवावमा मात्र रहेको वताएका हुन ।नकरात्मक भाश्यका कारण अहिले अर्थतन्त्र संकटमा रहेको कुप्रचार गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न जरुरी रहेको दाहालको टिप्पणी थियो । नकरात्मक भाश्यका कारण मुलुक नै अन्धकारमा रहेको कुप्रचार भएको छ

    • प्रकाशित मितिः पुस ८, २०८०
    • ३०७ पटक पढिएको
  • मोरङ ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

    विराटनगर-मोरङ ब्यापार संघ एक्स्पो २०२३ उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । भोलि पुस ६ गते देखी संचालन हुने मेलाको सम्पूणर् तयारी पुरा भएको आयोजकले बताएका छन । मेला १० दिन सम्म संचालन हुन्छ । मेलामा ‘मुर्रा देखी माछाका भुरा’सम्म रहने बताइएको छ । खानेकुरामा तास देखी पाँचतारे होटलको स्वाद समेत स्टलहरुमा उपलब्ध हुने बताइएको छ । २४० वटा स्टलहरु रहनेछन । यो पटक ३० हजार बर्गफिटको नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको हेंगरमा निर्मित डोममा स्टलहरु रहेका छन । जुन अन्तराष्ट्रिय एक्स्पोहरुमा मात्र हुने गर्छ ।  मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले महोत्सवलाई अकर्षक बना

    • प्रकाशित मितिः पुस ५, २०८०
    • २६४ पटक पढिएको
  • २ सय ५० करोडको लगानीमा आरआर इन्टरनेशनल हस्पिटल दुईवर्ष भित्रमा संचालन हुने

    विराटनगर–आधा दर्जन उत्पादन मुलुक उद्योग संचालन गर्दै आएका बरिष्ठ उद्योगी राजेन्द्र राउतले उत्पादन मुलक उद्योगबाट सेवामुलक उद्योग तर्फ लगानी बढाएका छन । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधबार बुढिगंगा गाउँपालिका १ मा रहेको राउत कन्ट्रक्सनको कम्पाउण्डमा २ सय ५० करोडको लगानीमा २ सय शैय्याको मल्टी स्पेसियालिटी अस्पतालको सीलान्यास गरेका हुन । पत्रकार सम्मेलनमा राउतले प्रदेश १ का ठुला अस्पतालबाट पनि विरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको आफूले धेरै पहिले देखी मनन गर्दै आएको र त्यसरी भारत जाने विरामीका लागि नेपालमै उपचार किन नगर्ने भन्ने उद्

    • प्रकाशित मितिः पुस ४, २०८०
    • १,१७४ पटक पढिएको
  • दुई अर्ब बढीका उद्योगको सुरक्षागर्न उद्योग परिसरमै प्रहरी परिचालन गरिने : मुख्यमन्त्री

    विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई अर्ब भन्दा बढी लगानीका उद्योग परिसरमै नेपाल प्रहरीको अस्थायी पोष्ट नै राखेर सुरक्षा दिने जनाएका छन । कोशी प्रदेश सरकारले औधोगिक शुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै उनले २ अर्बभन्दा बढि लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने बताए । उनले कोशी प्रदेशमा लगानी गर्न चाहने कसैलाई पनि सरकारबाट संरक्षण नपाएको महशुस हुन नदिने प्रतिवद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आव्हान समेत गरे । निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २६८ पटक पढिएको
  • कोशीका दुध उत्पादक किसानले पाएनन २५ करोड भुक्तानी

    विराटनगर–कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दुध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिपछि प्रदेश सरकारले निर्यातका लागि अनुदान दिन लागेको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित दुध उत्पादक किसानसँगको अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले यस प्रदेशमा दुध उत्पादक किसानहरुले भोग्दै आएको समस्या समाधानका लागि सरकारले तयारी थालेको बताएका छन् । ‘यस प्रदेशमा

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २४० पटक पढिएको
  • नेपाल प्रहरीका आश्रीत परिवारले नोवेल अस्पतालमा २५ प्रतिशत छुट पाउने

    विराटनगर-नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई नोवेलमा उपचार गर्दा २५ प्रतिशत छुट तथा सहुलियत दिइने भएको छ । नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यहि पुस १ गते देखी यो सहुलियत लागु हुने छ । विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सोमवार सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती इन्दिरा

    • प्रकाशित मितिः पुस ३, २०८०
    • ५३८ पटक पढिएको
  • एक हप्ता पछि उद्योग दर्ता गर्न काठमाडौं धाउनु पर्दैन प्रदेशमै हुन्छ : मुख्यमन्त्री कार्की

    विराटनगर–कोशीप्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक हप्ताभित्रमा उद्योग व्यवसायदर्ता गर्नेले काठ्माडौंको झन्झट बेहोर्नु नपर्ने बताएका छन । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने बताइने बताएका हुन । ‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्थाहुँदैन । उनले भने, हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’ सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्ग्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री

    • प्रकाशित मितिः पुस २, २०८०
    • २४० पटक पढिएको
  • विराटनगरको एमजी रोड खारेजीको माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा

    विराटनगर–महानगरपालिकाले विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोक सम्मको करिव अढाई सय मिटर सडक खण्डलाई भारत सिक्कीमको जस्तो एमजी रोड वनाएर पर्यटकलाई आर्कर्षित गरेर त्यहाँको व्यापार चम्काउने भन्दै एक करोड भन्दावढी रकम खर्च ग¥यो ।एमजी रोड निर्माण गर्ने नाममा महानगरले पटक पटक वनाउदै भत्काउदै गरेर स्थानीय व्यवसायीलाई हैरानी समेत दियो । एमजी रोड निर्माणका नाममा पटक पटकको सास्ती भोग्दै आएका त्यहाँका पाँच दर्जनबढी व्यवसायील आइतवार एमजी रोडकै कारण आफनो व्यवसाय चौपट भएको भन्दै सटर बन्द गरेर एमजी रोड खारेजको माग गरे । उनीहरुले पुरानै हिमालय रोडको माग गरेका छन ।एमजी रोडका नाममा निर्माण गरिएका पार्कका कारण

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३०८ पटक पढिएको
  • ब्यापारी र उद्योगी बैंकका संचालक भएकाले अहिलेको आर्थिक संकट : डा. कोइराला

    विराटनगर–ब्यापारी र उद्योगीले विश्वका कुनैपनि विकसित मुलुकमा बैंक खोल्न नपाउने नियम भएपनि नेपालमा भने उद्योगी व्यापारीले बैंक स्थापना गरेको कारण अहिले मुलुकको आर्थिक संकट गहिरिदै गरेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ब्यापारी तथा उद्योगीले बैंक संचालन गर्न नहुने बताउदै विश्वका विकसित मुलुकमा उद्योगी र ब्यापारीले बैंक खोल्न नपाउने नियम भएपनि नेपालमा भने उद्योगी र ब्यापारीले बैंक खोल्न पाउने भएकाले अहिलेको आर्थिक संकट गहिरिएको उल्लेख गरे । बैंकहरुले अहिले

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३०४ पटक पढिएको
  • देश अराजकता तर्फ उन्मुख भएकाले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्छ : नेता कोइराला

    विराटनगर–मुलुकमा हरेका खालको अराजकता फैलिएको बताउदै नेपाली कांग्रेसका नेता शेखर मुलुकलाई अराजकताबाट जोगाउन माओवादीको नेतृत्वको सरकार परिवर्तन गर्नु पर्ने बताए । कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताउदै अहिलेको सरकारले मुलुकलाई अराजकताबाट मुक्ती दिलाउन नसक्ने भएकाले सरकार परिवर्तन आवश्यक रहेको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • ५३९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल