विराटनगर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दवावमा मात्र रहेको दावी गरेका छन । मोरङ व्यापार संघले आयोजना गरेको दसदिने ट्रेड एक्स्पो २०२३ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचाङकहरुमा क्रमिक सुधार आएको दावी गर्दै मुलुकको अर्थतन्त्र संकटमा नभई दवावमा मात्र रहेको वताएका हुन ।


नकरात्मक भाश्यका कारण अहिले अर्थतन्त्र संकटमा रहेको कुप्रचार गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न जरुरी रहेको दाहालको टिप्पणी थियो । नकरात्मक भाश्यका कारण मुलुक नै अन्धकारमा रहेको कुप्रचार भएको छ । दाहालले भने त्यसलाई चिर्दै मुलुकमा उज्यालो पक्षपनि छ भनेर प्रष्ट्याउन सरकार प्रयत्नशिल छ ।


झण्डै एकवर्ष पहिला आफु प्रधानमन्त्री बन्द मुलुकको अर्थतन्त्र साँच्चिकै संकटमा थियो । तर अहिले त्यस्तो अवस्था छैन । दाहालले भने एकवर्षको अवधिमा अर्थतन्त्रका सूचाङकमा सुधार आएको छ । मूल्यबृद्धि नियन्त्रणको तहमा रहेको, राजश्व बृद्धि भएको, विदेशी मुद्राको संचिति बढेको र भुक्तानीको सन्तुलन बढेकाले अर्थतन्त्र संकटमा नभई दवावमा रहेको दाहालको दावी थियो । उनले हाल मुलुकको विदेशी मुद्रा संचिती चार महिनाको अवधिमा १६ खर्ब ९८ अर्ब पुगेको तथ्याङ प्रस्तुत गर्दै अहिले बैंक ब्याजदर घटेको र लगानी बढेको औल्याएका थिए ।


बैंक व्याजदर घटाएर कर्जा लगानी बढ्दै गएको छ । दाहालले भने कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३ दशमलव ३ प्रतिशत सम्म थियो । कर्जाको औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत छ । राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधानको दर ७ दशमलव ५ प्रतिशतवाट ७ प्रतिशतमा झारेको छ । प्रधानमन्त्री दाहालले भने यो आफैमा महत्वपूर्ण सुधार हो र यसको प्रभाव क्रमश देखिदै जाने छ । आफनो एक वर्षिय कार्यकाल पुरा हुने क्रममा रहेको वताउदै दाहालले त्यस अवधिमा राष्ट्रको नाममा सम्बोधन गर्दै क्रमभंग गर्दै योजनाबद्ध रुपमा परिणाम दिने काम गर्ने तयारीमा रहेको वताए । 


विराटनगर विकासका नाममा पछि पर्दै गएको औल्याउदै दाहालले गिरिजाप्रसादको गृहनगरको विकासमा आफु दत्तचित्त भएको आश्वासन दिए । उनले गिरिजावावु आफनो अविभावक रहेको वताउदै विराटनगरलाई विकासमा पछि पर्न नदिने दाहालले वताए । विराटनगर पछि प¥यो भने मुलुक नै पछि पर्छ भन्ने आफनो मान्यता रहेको उल्लेख गर्दै दाहालले विराटनगरमा गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट संगशाला, औधोगिक प्रर्दशनी स्थल, अढाई दशक पहिला निर्माणधिन चक्रपथ र विशेष आर्थिक क्षेत्र निर्माणकालागि सरकारले प्रँथामिकतामा राखेको वताए । उनले मुलुकभरी गिरिजाप्रसादका नाममा रहेका संघसस्थालाई आफनो सक्दो सहयोग रहने वताए ।


जेठ तेस्रो साता नयाँ दिल्लीमा आफु र भारतीय समकक्षी नरेन्द्र मोदीले सयक्त रुपमा उद्घाटन गरेको वथनाह कटहरी कार्गो रेलमार्गको सन्धिमा केही भाश्य समस्या भएको औल्याउदै केही समयपछि भारतवाट आउने उच्च स्तरीय टोली समक्ष कुरा गरेर समस्याको समाधान गर्ने आश्वासन दिए ।

जेठ १८ गते नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका तत्कालीन उद्यँेग तथा वाणिज्य मन्त्री पियूस गोयल वीच भएको पारवहन संशोधित सन्धिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगीले कार्गो रेल मार्फत औधोगिक कच्चा पदार्थ र औधोगिक उत्पादन ढुवानी गर्नवाट वञ्चित भएको खुलासा भएको  हो ।


विभागीय मन्त्रीले हस्ताक्षर गरेको कार्गो रेल सम्बन्धी संशोधित पारवहन सन्धिमा विराटनगर आउने कार्गो रेलमा कोइला, क्लिङकर, सिमेन्ट र राशायनिक मलखाद मात्र ल्याउन पाउन मिल्ने उल्लेख छ । त्यही प्रावधानका कारण सुनसरी मोरङ औधोगिक क्ष्ँेत्रका उद्योगीले औधोगिक कच्चा पदार्थ कार्गो रेलवाट ढुवानी गर्न पाएका छैनन् । कार्गो रेलवाट औधोगिक कच्चा पदार्थ ढुवानी गर्दा कम्तीमा ४० प्रतिशत ढुवानी खर्च कम लाग्ने उद्योगीको दावी छ ।


कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले प्रजातान्त्रीक आन्दोलनमा अग्रणी भूमिका खेलेको विराटनगरले अहिले सम्म कसैसंग केही नमागी अगाडी बढदा राज्यले ध्यान नदिएको गुनासो गरेका थिए । पञ्चायतकालमा राज्यले विराटनगरलाई हेला गरेपनि यहाँको निजी क्ष्ँेत्रले संरक्षण गरेको वताउदै कोइरालाले अव विराटनगरलाई राज्यले हेर्नुपर्ने वताएका थिए । उनले विराटनगरको चत्रपथलाई वहुवर्षिय योजनामा राखेर निर्माण गर्न र विमानस्थललाई क्षेत्रिय स्तरको वनाउन प्रधानमन्त्रीलाई आग्रह गरे । कोइरालाले बैंकहरु मिटर ब्याजी बनेको र किसानलाई सहुलियतमा कर्जा नदिएको उल्लेख गर्दै राष्ट्र बैंकका गर्भनरसँग कुरा गरेर समस्याको समाधान गर्न दाहाललाई आग्रह गरेका थिए ।


कार्यक्रममा व्यापार संघका अध्यक्ष नविन रिजालले प्रधानमन्त्री समक्ष विराटनगरमा स्थायी प्रर्दशनी स्थल निर्माण गर्न, कार्गो रेलमार्गको सन्धिमा परिमार्जन गर्न, उद्यँेगमा भइरहेको विधुत कटौती रोक्न र विराटनगरको निर्माणधिन रिङरोड चाँडो निर्माण गर्न आग्रह गरेका थिए ।  त्यस अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी महेश जाजुलाई सम्मान गरेका थिए ।