विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामार्फत छनौट भएका एक जना असइ सहित सात जना नगर प्रहरी परिचालन गरेको हो । छनौंट भएका सात जनालाई शसस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण टंकी सिनुवारीले १५ दिन तालिम दिएको थियो । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले जनता र गाउँपालिका बिचको सेतुको काम नगर प्रहरीले गर्नु पर्ने भएकाले नम्र, अनुशासित हुन आवश्यक रहेको बताए । प्रशिक्षण पुरा गरेर ड्यूटीमा खटिन लागेका नगर प्रहरी र शसस्त्र प्रहरीका प्रशिक्षकहरुलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दै कोइरालाले नगरको शान्तिसुरक्षा र सिंगो व्यावस्थापनको जिम्मा आजबाट तपाईहरुको काँधमा आएकाले जनप्रतिनीति कर्मचारी प्रति बफादार रहदै जनताको हितमा काम गर्न आग्रह गरे । 

nagar police 3

बालबालिका, अशक्त, अपाङ्ग, जेष्ठ नागरिक सहित आम सर्बसाधरणको हितमा फ्रन्टलाइनमा खटिनुपर्ने भएकाले शान्त र अनुशासित भएर उदाहरणीय बन्दै प्रकृती प्रकोप लगायतका विपत्तीमा पनि नगर प्रहरीले आफ्‌नो कौशल देखाउनु पर्ने भएकाले तालिममा सिकेको सिपलाई फिल्डमा कार्यान्वयन गर्नुपर्ने कोइरालाले बताए । 

nagar police 2

शसस्त्र प्रहरी बल बराहा बाहिनीका बाहिनीपति डिआईजी कुमार न्यौपानेले नगर प्रहरी नगरका जनताको भरोसाको केन्द्र भएकाले व्यावसायीक ज्ञान र सीपलाई अनुशासित ढंगले ब्याबहारमा उतार्न प्रशिक्षार्थी नगर प्रहरीलाई आग्रह गरे । १५ दिनमा निकै राम्रो तालिम लिन सफल भएकोमा प्रशंसा ब्यक्त गर्दै कार्यकालको शुभकामना ब्यक्त गरे । 

त्यसैगरि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुढीगंगा गाउँ पालिकाले नियुक्ती गरेका र शसस्त्र प्रहरीको प्रशिक्षण पाएका नगर प्रहरीहरुको कारण बुढीगंगाको शान्ति सुरक्षामा थप सुधार आउनेमा आफू विश्वस्त रहेको बताए । 

b13bfcd1-8d94-4be8-b23a-d147f52f8691

बुढीगंगा गाउँ पालिकाका अध्यक्ष जीत नारायण थापाले मानिसहरु रुखमा चेपिदा पनि काट्ने औजार नहुदा भोगेको समस्या सम्झदै गाउँपालिकामा कम्तिमा ५ लाख बराबरको विपदका बेला चाहिने सामाग्री किनेर राख्नु पर्ने अवस्था रहेको बताए । उनले गाउँको विकासमा युवाहरुलाई परिचालन गर्न गाउँ यूवा परिषद गठन गरेको जानकारी दिए । नगर प्रहरीले अब गाउँपालिकाको काममा निकै सहयोग पुग्ने र सानो टोली भएपनि नगरको शान्ति सुरक्षामा सम्वेदनशील भएर लाग्न नगर प्रहरीलाई आग्रह गरे । 

शसस्त्र प्रहरी ३ कंकालिनी गणका गणपति राजेश घिमिरेले नगर प्रहरीको रुपमा तालिम लिन आएका सातै जनालाई १५ दिन दमकल, पौडी, उद्धार, भिड नियन्त्रण लगायतको तालिम दिइएको थियो । उनले तालिममा सिकेको सिपलाई कार्यक्षेत्रमा प्रयोगमा ल्याउन आग्रह गर्दै संयमता अपनाउदै जिम्मेवारी पुरा गर्न आग्रह गरे । 

कार्यक्रम बुढीगंगाका कार्यकारी अधिकृत संजिव न्यौपाने, १ नम्बर वडाका वडाध्यक्ष सोमप्रसाद काफ्‌ले, कार्यपालिका सदस्य सपना कोइरालाको समेत सहभागिता रहेको थियो । अतिथिहरुलाई मायाको चिनो र तालिम सम्पन्न गर्ने प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।