विराटनगर-मोरङ ब्यापार संघ एक्स्पो २०२३ उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । भोलि पुस ६ गते देखी संचालन हुने मेलाको सम्पूणर् तयारी पुरा भएको आयोजकले बताएका छन । मेला १० दिन सम्म संचालन हुन्छ । 

मेलामा ‘मुर्रा देखी माछाका भुरा’सम्म रहने बताइएको छ । खानेकुरामा तास देखी पाँचतारे होटलको स्वाद समेत स्टलहरुमा उपलब्ध हुने बताइएको छ । २४० वटा स्टलहरु रहनेछन । यो पटक ३० हजार बर्गफिटको नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको हेंगरमा निर्मित डोममा स्टलहरु रहेका छन । जुन अन्तराष्ट्रिय एक्स्पोहरुमा मात्र हुने गर्छ ।  

मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले महोत्सवलाई अकर्षक बनाउनपशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्यप्रवेशद्वार र ५५ फिट अग्लो आईफिल टावरको आकृतिनिर्माण गरिएको जनाएका छन । यस एक्स्पोमा कोशीप्रदेश सरकार र विराटनगर महानगरपालिका सह-आयोजकका रुपमा रहेका छन् भने यसको डायमण्ड स्पोन्सरमा एमडिएच, श्री कृष्ण टे्रडर्स, विराटनगर रहेको छ ।

त्यसै गरी गोल्ड स्पोन्सरमा खुकुरी रम, नेपोभिट टायल्स्, द्दएः स्नेक्स नुडल्स्, सेन्चुरी स्पाईसेस एण्ड स्नेक्स र डेल्डा टायर एण्ड ट्युब्स रहेको छन् भने सिल्भर स्पोन्सरमा रिजालको सीपीभिसी, पीभिसी, एचडीपीई पाईप, मेजिक फुटवेयर र राठी एफ.आर.एल.एस. केवल रहेका छन् ।

यसै गरी यस एक्स्पोलाई नेपालउद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपालउद्योग परिसंघ, कोशीप्रदेश, उद्योग संगठन मोरङ, मोरंग अटोमोवाईल डिलर्स एशोसिएसन, नेपाल घरेलु तथा सानाउद्योग महासंघ, विराट व्यापार संघ र प्याब्सन, विराटनगरले सहयोग गरिरहेका छन् ।

मेला संयोजक अनिल साहका अनुसार क्स्पोमा नेपाल, भारत वंगलादेश, पाकिस्तान लगायतका देशहरुबाट प्रर्दशकहरुको उपस्थिति रहने छ । २ सय ४० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्वझल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशमा उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराइने छ भने सुप्रसिद्ध कलाकारहरुको दैनिक प्रस्तुतिबाट दर्शकहरुलार्इ मनोरञ्जन प्रदानगरिने छ । 

मोरङ-सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनःप्राप्तिगर्ने मुख्य उद्देश्यले आयोजनागरिने यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २५० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौलातथा ठूला उद्योगहरुकाअतिरिक्त यस प्रदेशकामहत्वझल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीकाअलावा छिमेकी राष्ट्र भारत लगायतबंगलादेश, पाकिस्तानआदि देशकाउत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्धकायम गराइने छ ।

साथै, मेलामा दर्शकहरुलाई मनोरञ्जन प्रदानगर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फीजोन, किड्स जोन आदि राख्नुका साथै मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ भने यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाखदर्शकको आगमन हुने अपेक्षा गरिएको छ ।