विराटनगर–महानगरपालिकाले विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोक सम्मको करिव अढाई सय मिटर सडक खण्डलाई भारत सिक्कीमको जस्तो एमजी रोड वनाएर पर्यटकलाई आर्कर्षित गरेर त्यहाँको व्यापार चम्काउने भन्दै एक करोड भन्दावढी रकम खर्च ग¥यो ।


एमजी रोड निर्माण गर्ने नाममा महानगरले पटक पटक वनाउदै भत्काउदै गरेर स्थानीय व्यवसायीलाई हैरानी समेत दियो । एमजी रोड निर्माणका नाममा पटक पटकको सास्ती भोग्दै आएका त्यहाँका पाँच दर्जनबढी व्यवसायील आइतवार एमजी रोडकै कारण आफनो व्यवसाय चौपट भएको भन्दै सटर बन्द गरेर एमजी रोड खारेजको माग गरे । उनीहरुले पुरानै हिमालय रोडको माग गरेका छन ।


एमजी रोडका नाममा निर्माण गरिएका पार्कका कारण मानिस र सवारीका साधन आउजाउमा समेत समस्या छ । त्यसमा पनि ट्राफिक प्रहरीले सहजै रुपमा त्यो रोडमा सवारीका साधन आउजाउ गर्न दिदैन । सडकका संरचना र ट्राफिकका कारण रोडमा मानिसको आउजाउनै नभएपछि व्यवसायीक कारोवार नै ठप्प भयो । स्थानीय व्यवसायी तथा संघर्ष समितिका संयोजक विनोद पोदारले भने एमजी रोडका नाममा यो क्ष्ँेत्रको व्यापार नै ठप्प भयो । त्यसैले एमजी रोडको खारेज गरी पुरानो हिमालय रोडको माग गर्दै यहाँका व्यवसायी सटर बन्द गरेर आन्दोलनमा उत्रिएका हुन ।


एमजी रोड खारेज र हिमालय रोड कायम नभएसम्म आन्दोलन जारी रहने पोदारको भनाई छ । यस क्ष्ँेत्रमा करिव ६० वटा व्यवसायीक पसल छन । एमजी रोड निर्माण सुरु भएदेखि नै ति पसलमा ग्राहाक शून्य हुँदै आएका छन । पोदारले भने त्यसैले सवै व्यवसायीको माग एमजी रोड खारेजी हुनुपर्ने छ । सडकको ढाँचाका कारण सवारी साधन र मानिस नै आउजाउ गर्न पाउदैनन् । उनले भने व्यवसायी नै बन्द गराउने त्यस्तो सडक किन चाहियो ।  


विराटनगरका तत्कालीन मेयर तथा हालका प्रदेश सांसद भीम पराजुलीको कार्यकालमा एक  करोड भन्दा बढी रकम खर्चेर हिमालय रोडलाई भारत सिक्किमको एमजी रोडको परिकल्पना गरिएको थियो । त्यो योजना सुरुदेखि नै विवादस्पद हुँदै आउँदा पटक पटक वनाउदै भत्काउदै गरिएको थियो ।


उक्त सडक खण्डलाई जनआन्दोलन चौक पनि भनिन्छ । यहाँका राजनीतिक दलले अन्तिम जनआन्दोलन त्यही सडकमा गरेका थिए । त्यसवाहेक यो सडक विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनले विरोध गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका छन ।