कोशी प्रदेश

    Showing ४११-४२० of १,१३८ items.
  • बलिकामाथि बलात्कार प्रयास गर्ने तीन सातापछि पक्राउ

    विराटनगर- विराटनगरमा बालिकामाथि बलात्कारको प्रयास गरिएको घटनामा संलग्न एक पुरुषलाई प्रहरीले घटना भएको तीन सातापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई आज बिहान पक्राउ गरेको हो । कोइरालाले छिमेकी ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको हो । बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको पाइएको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत

    • प्रकाशित मितिः असोज १६, २०७८
    • ३३० पटक पढिएको
  • खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, सकुशल चालक पक्राउ

    ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त

    • प्रकाशित मितिः असोज १६, २०७८
    • १५० पटक पढिएको
  • नेपाली काँग्रेसको अधिवेशन: विराटनगर महानगरपालिकामा सभापतिमा ४ जनाको मनोनयन दर्ता ,३ पालिकामा सर्वसम्मत

    विराटनगर- नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिबार हुन गईरहेको मोरङका गाउँ÷नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा सभापति सहितका उमेद्वारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन् । जिल्लाका कही स्थानीय तहमा सभापति सहितका पदाधिकारीहरु नेताहरुको पहलमा सर्वसम्मत छनौट भएपनि अधिकाँस स्थानमा दुई छुट्टाछुट्टै प्यानल सहितका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।शुक्रबार बेलुका सम्मको जानकारी अनुसार जहदा र केराबारी गाउँपालिका तथा उर्लाबारी नगरपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत भएका छन् । अन्य पालिकाहरुमा पनि सर्वसम्मतका लागि पहल भइरहेको स्थानीय नेताहरु

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ५२५ पटक पढिएको
  • सुन तस्करी एवं सनम हत्या प्रकरण : १८ प्रतिवादीको पक्षमा बहस

    विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा शुक्रबार १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवासायीले बहस गरे ।  अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ४७९ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ३ सय ३ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ४०४ पटक पढिएको
  • उद्योग संगठन मोरङको चारदिने नव उद्यमी व्यवसायीक रुपान्तरण कार्यक्रम सुरु

    विराटनगर-उद्योग संगठन मोरङले नविन योजना सहित छनौट गरेका नव उद्यमीका लागि चार दिने व्यवसायीक रुपान्तरण कार्यक्रमको शुक्रबारबाट सुभारम्भ गरेको छ । संगठनले स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको समूह यसमा सहभागि छ । कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताउदै उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन सबैमा आग्रह गरे । उनले चार दिने वुट क

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ६१६ पटक पढिएको
  • दसैंपछि विश्वासको मत लिने प्रदेश १ का मुख्यमन्त्री आचार्यको तयारी

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैंपछि विश्वासको मत लिने तयारी गरेका छन । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ सरकारले संसदको हिउँदै अधिवेशन भने असोज २२ गतेका लागि आह्वान गरेको छ । तर असोज २६ गतेदेखि दसैं बिदा पर्ने भएकाले दसैं सकिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले बताए । आचार्य गत भदौ १० गते प्रदेशको मुख्यमन्त्री बनेकाहुन । नेकपा (एमाले) विभाजनपछि मुख्यमन्त्री बनेका उनँले पद जोगाउनलाई संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेश संसद सचिवालयमा दल विभाजनको पत्र भने भदौ २५ गते पुगेको थियो । ‘दल वि

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ४४१ पटक पढिएको
  • कांग्रेसको १४ औँ महाधिवेशन : विराटनगरको सभापतिमा चार नेताको दाबी

    विराटनगर,- नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दाबी गरेकाछन । कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो । नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्कीले उम्मेदवारी दिने तयारी गरेकाछन  । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आकांक्षीका लागि मनोनयन गर्दा गराउन शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्मलाई तोकिएको छ । निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दाबी प्रस्तुत गर्नेमध्ये चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तो

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ४९६ पटक पढिएको
  • शिक्षकमा कोरोना पुष्टि भएपछि झापाका तीन विद्यालय पुनः बन्द

    बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए । उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए ।यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १८७ पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।  भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सुँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।  –––

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १९५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल