विराटनगर- नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिबार हुन गईरहेको मोरङका गाउँ÷नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा सभापति सहितका उमेद्वारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन् । जिल्लाका कही स्थानीय तहमा सभापति सहितका पदाधिकारीहरु नेताहरुको पहलमा सर्वसम्मत छनौट भएपनि अधिकाँस स्थानमा दुई छुट्टाछुट्टै प्यानल सहितका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।
शुक्रबार बेलुका सम्मको जानकारी अनुसार जहदा र केराबारी गाउँपालिका तथा उर्लाबारी नगरपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत भएका छन् । अन्य पालिकाहरुमा पनि सर्वसम्मतका लागि पहल भइरहेको स्थानीय नेताहरुले जानकारी दिएका छन् । जसमा जहदामा महेन्द्र मण्डल सहित सबै पदाधिकारीहरुमा सर्वसम्मत भएको छ । मण्डल देउवा समुहका हुन् । उर्लाबारीमा सुरेन्द्र लिम्बु सहित (सचिव बाहेक)  सबै पदमा सर्वसम्मत भएको छ । लिम्बु पौडेल समुहका हुन् । केराबारीमा पनि सभापति सहित सबै पदमा सर्वसम्मत भएको छ ।

केराबारीमा सभापतिमा प्रकाश बस्नेत सभापतिमा सर्वसम्मत भएका हुन् । उर्लाबारी र केराबारीका सर्वसम्मत दुबै सभापतिहरु पौडले समुहका डा शेखर कोइरालाको समर्थन रहेको छ । यता मोरङको विराटनगर महानगरपालिकामा दीपक चापागाँई, सन्तोष न्यौपाने, कृष्ण कार्की र अरुण न्यौपानेले सभापतिमा मनोनयन दर्ता गरेका छन् । जसमा चापागाँई काँग्रेसको पौडेल समुहका डा शेखर कोइरालाको समर्थन रहेको छ भने सन्तोष न्यौपाने देउवा समुहबाट मनोनयन दर्ता गराएका हुन् , त्यस्तै कार्कीले आफूलाई कृष्ण प्रसाद सिटौलालाईनको बताउँदै आएका छन् ।
त्यस्तै कटहरी गाउँपालिकामा रामकुमार कामत, हरीनारयण माझी र शम्भु साहले सभापतिमा मनोनयन दर्ता गरेका छन् । जसमा कामतलाई पौडेल समुहको महेश आचार्यहरुको समर्थन रहेको छ भने माझी देउवा समुहका उमेद्वार हुन् । बुढीगँगामा जीत बहादुर थापा र रेवती नारयण चौधरीले सभापतिमा मनोनय दर्ता गराएकाछन । जसमा थापालाई डा शेखर कोइरालको समर्थन रहेको छ भने चौधरीलाई देउवा समुहको समर्थन रहेको छ ।
उता रङ्गेली नगरपालिकामा सभापतिमा जीत नारायण खवास र जगनाथ मण्डलले मनोनयन दर्ता गराएका छन् । यी दुबै देउवा समुहका भएपनि खवास देउवा समुहका दिलिप गच्छदारका जुवाइ हुने भने मण्डल सोही सुमु्हका अमृत अर्याल निकट रहेको बुझिएको छ । खवासलाई पौडेल समुहका डा मिनेन्द्र रिजालहरुको समर्थन रहेको बुझिएको छ । त्यस्तै धनपालथानमा सबै पदाधिकारीहरुमा सर्वसम्मत भएपनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायको उमेद्वारी दर्ता भएको छ । सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह बैजनाथ झाले सभापति पदमा मनोनयन गरेका छन् ।

जसमा कमलकिशोर सिंह देउवा समुहका हुन् तर सिंह बलिया उमेद्वार भएकाले डा मिनेन्द्र रिजालले सिंहकै पक्षमा सर्वसम्मत गर्ने पहल गरिरहेको बुझिएको छ । त्यस्तै रतुवामाईमा सभापतिमा पदमा कन्हैयालाल राजवंशी र पोष्ट बहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन तर, कन्हैयालालको पक्षमा सर्वसम्मत गराउने पहल भईरहेको बुझिएको छ । सुन्दर हरैचामा महेन्द्र धिमाल र भक्ति सिटौलाले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।

जसमा धिमाल देउवा समुहका हुन् भने सिटौला कोइराला निवास निकट हुन् । बेलबारीमा सभापतिमा छत्र लिम्बु र शम्भु भट्टराईले मनोनयन गरेका छन् । जसमा लिम्बु पौडेल समुहका हुन् भने भट्टराई देउवा समुहका हुन् । त्यस्तै मिक्लाजुङमा बबि राई र अरुण विक्रम बस्नेतले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।मिक्लाजुङमा सभापति बाहेक सबै पदमा सर्वसम्मत भएको छ ।
 पथरीशनिश्चरेमा सभापतिमा इश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराईले उमेद्वारी दर्ता गराएका छन् ।  जसमा खरेल देउवा समुह,भट्टराई पौडेल समुहका डा शेखर कोइराला र थापालाई पौडेल समुहकै महेश आचार्यहरुको समर्थन रहेको बताइएको छ ।