कोशी प्रदेश

    Showing १११-१२० of १,१३८ items.
  • चापाकल लिएर निर्वाचनमा होमिए ‘जोगी’,दुवै गठबन्धन उम्मेदवारलाई टक्कर दिदै

    विराटनगर–गरिवीका कारण विद्यालय नगएका बालबालिकालाई भेला गराएर योगेन्द्र मण्डल अर्थात जोगीसरले निःशुल्क ट्युसन पढाएका थिए । त्यही ट्युसन अभियानले जीवन विकास समाज स्थापना भएको थियो । २७ वर्षअघि तत्कालीन मोरङ अमाही बरियाती गाविसमा २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान थालिएको थियो ।मण्डलले गाउँका यति धेरै विद्यार्थीलाई निशुल्क ट्युसनको शिक्षा दिए जसले गर्दा उनले ‘जोगीसर’को उपनाम पाए । गाउँमा योगेन्द्रमात्रै भन्दा मान्छे अलमलिन सक्छन तर जोगिसर भनेपछि जोकोहीले उनलाई जान्दछ ।उनै जोगीसर आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको स्तन्त्र उमेदवार बनेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • १,०७० पटक पढिएको
  • ३ लाखले अवलोकन गर्ने, ५० करोडको कारोबार हुने

    विराटनगर–२३ बर्ष देखी निरन्तर रुपमा आयोजना गर्दै आएको औद्योगिक तथा कृर्षि प्रर्दशनीको सातौं श्रृंखला अन्तरगत उद्योग संगठन मोरङले आगामी २०७९ मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा ‘विराट एक्स्पो २०७९’आयोजना गर्ने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन गर्ने ५० करोडको कारोबार हुने जानकारी दिएका छन् । ४ सय १५ वटा स्टल रहने प्रर्दशनीको समापन सम्म २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि

    • प्रकाशित मितिः असोज १४, २०७९
    • ५३९ पटक पढिएको
  • कानेपोखरीमा डा.सुनिल शर्माको निशुल्क स्वास्थ्य शिविर, सात सयले पाए निःशुल्क उपचार

    कानेपोखरी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीहरुको निःशुल्क उपचार गराएका छन् । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरुले शिविरमा आएका विरामीको निःशुल्क परिक्षण गरेका हुन । कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सञ्चालित शिविरमा ५३३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । त्यहाँ १९८ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको हो । त्यस्तै, ११७ जनाको मुटुको जाँच इको गरिएको छ भने दाँतमा समस्या भएर आएका ३२ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार हुन नसक्ने अवस्थाका ९८ जनालाई थप उपच

    • प्रकाशित मितिः असोज १४, २०७९
    • ५०९ पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा पर्यटन सूचना केन्द्रको स्थापना

    विराटनगर-नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ समितिको पहलमा पर्यटन व्यवसायीहरु सहितका सरोकारवालाहरुको सक्रियतामा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश १ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटकलाई प्रमुख गन्तव्यहरुको बारेमा जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्ने लगायतका काम सूचना केन्द्रबाट हुन

    • प्रकाशित मितिः असोज ११, २०७९
    • ६३६ पटक पढिएको
  • डा.सुनिल शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

    बेलबारी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।       तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः असोज ११, २०७९
    • ५६१ पटक पढिएको
  • केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

    विराटनगर . स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्

    • प्रकाशित मितिः असोज ११, २०७९
    • ५६९ पटक पढिएको
  • सेनिटरी प्याड, फलाम, पाम तेल उत्पादन गर्ने उद्योगका समस्याका बिषय सम्बोधन हुन्छ : मन्त्री बडु

    विराटनगर–सेनिटरी प्याड, फलाम, पामतेल उत्पादन गर्ने उद्योगमा बजेटमा भएको ब्यवस्थाको कारण उत्पन्न हुने समस्याको समाधानका लागि आफुले पहल गर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बढुले बताएका छन ।उद्योग संगठन मोरङको ४९ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले बजेटको कारण सृजित समस्या राखेपछि त्यसमा जवाफ दिने क्रममा मन्त्री बढुले बजेट पास भइनसकेको र संसदमा छलफलमा रहेकाले सेनिटरी प्याड, फलाम, पामतेल उद्योगहरुको समस्याका बारेमा पनि छलफल हुने र त्यसको निकास त्यहाबाट निस्कने उनले बताए । दाल चामल मात्रै होइन तरकारी र अचार समेत आयात भइरहेको प्रति मन्त्री बढुले आश्चर्य प्रकट

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ९१४ पटक पढिएको
  • नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले बजेटको प्रावधान प्रति जनायो विरोध

    विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मात्रै भन्सार महसुल तोकेकोमा संघले विरोध जनाएको हो । पाम र पामोलिनको कच्चा पदार्थ(क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । त्यसैको फिनिस गुडमा सरकारले ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेकोमा संघले विरोध जनाएको हो । स्वदेशी उद्योगलाई संकट तिर धकेल्ने गरि आएको निर्णय प्रति आपत्ती जनाउदै नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । चाउचाउ र विस्कुट लगायतका उद्योगलाई तयारी

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ६५५ पटक पढिएको
  • हामी निर्देशन दिदैनौं तपाईहरुलाई काम गर्ने वातावरण बनाउछौं : मेयर

    विराटनगर–विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । “हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा ख

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १,२०९ पटक पढिएको
  • गठबन्धनका नेताहरुको एकै स्वर‘हाम्रा उम्मेदवारको जित सुनिश्चित’

    विराटनगर–पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा गठबन्धन एकढिक्का रहेको बताइन् । “हिजोअस्ति के थियो, के भयो त्यतातिर नजाऔं अब विराटनगरका सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भनिन्, “यो मञ्चमा गठबन्धनका सबै नेता उपस्थिति हुनुले न

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • ९२५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल