आर्थिक

    Showing २११-२२० of २९४ items.
  • चाइनिज स्याउ प्रकरणमा चार प्रहरीलाई कारवाही सिफरिस

    विराटनगर-कोभिड १९ को कारण नेपाल भारत सीमानाका सील भएको अवस्था नेपाली नम्बर प्लेटका तीन वटा मिनि ट्रकमा भारत पुर्‍याइएको १३ सय ५० कार्टुन स्याउका बारेमा नेपाल प्रहरीको संलग्नता बारे छानविन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दोष रहेका र चार जना दोषी देखिएकाले कारवाहीको सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको छानविन टोलीले पनि सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाललाई प्रतिवेदन बुझाएको छ । भारतीय प्रहरीले जेठ ३० गते तीनवटा नेपाली नम्बरको गाडीबाट १३ सय ५० कार्टुन चाइनिज स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस

    • प्रकाशित मितिः असार १५, २०७८
    • ५८१ पटक पढिएको
  • जीवन विकास लघुवित्तको आईपीओमा सोमवार सम्ममा १५ गुणा बढी आवेदन

    विराटनगर-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवार सम्ममा १५ गुणा बढी आवेदन परेको छ ।विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमवार साँझ पाँच बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। जुन कम्पनीले विक्रीमा ल्याएको शेयरको १५ दशमलव शून्य ५ गुणा धेरै हो।गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । 

    • प्रकाशित मितिः असार १४, २०७८
    • ६९९ पटक पढिएको
  • सप्तकोशीमा २१ अर्ब ७४ करोडको लागतमा २८६० मिटर लामो नयाँ पुल बन्ने

    विराटनगर-पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कोशी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण हुने भएको छ । सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउन लागिएको हो ।सञ्चालनमा रहेको कोसी ब्यारेज आयु समाप्त भएकाले नयाँ सडक निर्माण गर्न खोजिएको सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।‘कोशी ब्यारेजको आयु समाप्त भइसकेको छ । कुनै पनि समय कोशीको बहावले ब्यारेजमा क्षति पुग्ने सम्भावना छ’, महर्जनले भने, ‘त्यसलाई न्यूनीकरण गर्न नयाँ सडक बनाउन खोजिएको हो । पूर्व-पश्चिम राजमार्गमा पर्

    • प्रकाशित मितिः असार १४, २०७८
    • ७,७६९ पटक पढिएको
  • विराटनगर दुग्ध वितरण आयोजनाले दुधको भुक्तानी दिएन

    विराटनगर-कोभिड १९ को महामारी र लकडाउनको कारण बजारमा दग्धजन्य पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तरगतको विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरुलाई संकलित दुधको १० करोडको भुक्तानी गर्न सकेको छैन । आयोजनाको गोदाममा २० करोड २५ लाख बराबरको पाउडर दुध,घ्यू र मख्खन बिक्री नभएर थन्कीएको छ । प्रदेश १  र २ का समेतको गरि सात हजार दुध किसानको भुक्तानी चार महिनादेखी दुग्ध वितरण आयोजनाले गर्न सकेको छैन । दुग्ध संकलन केन्द्रहरुबाट दैनिक दुध संकलन गरि आयोजनाले प्रशोधन गरि दुध, घ्यू, दही, पाउडर दुध, पनिर, चिज,मख्खन लगायतका दुग्ध जन्य पदार्थ बनाएर बिक्री गर्दै आएको छ । संकलित दुधको रकम फागु

    • प्रकाशित मितिः असार १४, २०७८
    • ७१७ पटक पढिएको
  • जीवन विकास लुघुवित्तको सेयर भर्ने एकै दिनमा पाँच गुणा बढी

    विराटनगर-प्राथमिक बजारमा शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८४४ जना आवेदकबाट रू. ९४ करोड ७१ लाख २४ हजार बराबरको ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो

    • प्रकाशित मितिः असार १२, २०७८
    • ८१० पटक पढिएको
  • मोरङका १७ वटै स्थानीय तहको बजेट निर्धारित समयमै

    विराटनगर– मोरङका १७ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन् । यसअघिका असार १० गतेभित्र सवै पालिकाको बजेट आउने गरेको थिएन । आगामी आर्थि वर्षको बजेट भने सवैले कानुनी व्यवस्था अनुसारको समयमा ल्याउन सफल भएका छन् । असार १० गतेको समय अवधि भित्रै मोरङ सवै स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट ल्याएका हुन । कतिपय स्थानीय तहहरुले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर तथा गाउँ सभामा पेश गरिसकेका थिए । मोरङमा विराटनगर महानगरपालिकाले सवैभन्दा बढी ४ अर्व १० करोड र ग्रामथान गाउँपालिकाले सवैभन्दा कम ४४ करोडको बजेट ल्याएको छ । कुन स्थानीय तहको कति बजेट मोरङको

    • प्रकाशित मितिः असार ११, २०७८
    • ३१२ पटक पढिएको
  • जीवन विकास लघुवित्तको आइपीओ जारी

    विराटनगर-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।यो आईपीओ

    • प्रकाशित मितिः असार ११, २०७८
    • १,६०६ पटक पढिएको
  • बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

    बेलबारी-बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको बजेट नगरसभामा उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरिन ।  बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, बिभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको छ । यसैगरी नगरपालिक

    • प्रकाशित मितिः असार ११, २०७८
    • १९५ पटक पढिएको
  • एक बर्षमा दुई लाख मोटरसाईकल भित्रिए, अघिल्लो बर्षको तुलनामा ६० प्रतिशत बढी

    विराटनगर-अघिल्लो वर्षको तुलनामा यो बर्ष मोटरसाइलको आयात ६० प्रतिशतले बढेको छ । कोरोनाको कारण लकडाउन भएपनि मोटरसाइकलको आयात भने अघिल्लो बर्ष भन्दा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा रू. १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्

    • प्रकाशित मितिः असार ११, २०७८
    • २४९ पटक पढिएको
  • विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड

    विराटनगर-आर्थिक वर्ष २०७८/७९ का लागि विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन ।  चालु आवमा राजश्व खुम्चिएपछि ५० प्रतिशत नगर योजनाहरु संचालन हुन नसकेको बेलामा पनि महानगरले चालु आवकै हाराहारीमा बजेट प्रस्तुत गरेको छ । आव २०७८/०७९ कालागि कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपीयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्

    • प्रकाशित मितिः असार १०, २०७८
    • १७२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल