विराटनगर-एनएमवी बैंकले प्रदेश १ मा आफ्ना ४ नयाँ शाखा विस्तार गरेको छ । सुनसरीको झुम्का, इनरुवा, मोरङको बुढीगंगा, विराटनगरको महेन्द्रचोकमा नयाँ शाखा आइतबारबाट सुचारु गरेको हो । 

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा आइतबारबाट नयाँ शाखा सुभारम्भ भएको एनएमवी बैंक झुम्का शाखाका प्रवन्धक पंकज झाले जानकारी दिए । झुम्का शाखाले रामधुनी, बक्लौरी, कालाबञ्जर, डुम्राहा लगायतका ग्रामीण क्षेत्रका ग्राहकलाई समेत सुविधा दिने छ । शाखा प्रवन्धक झाका अनुसार एनएमबी बैंकका अन्य शाखाहरुले जस्तै सबै किसिमको सुविधा झुम्का शाखाबाट पनि प्रदान गरिने छ । 

विराटनगरको कंचनबारी र जलजला रोडमा यस अघि नै स्थापना भएर संचालनमा रहेको एनएमवी बैंकको थप एउटा शाखा महेन्द्र चोकमा समेत विस्तार गरेको छ । विराटनगरको केन्द्र मानिने महेन्द्र चोकको शाखाले बजार क्षेत्रका ग्राहकलाई सेवा दिने छन । त्यस्तै बुढीगंगा गाउँ पालिकाका टंकी सिनुवारीमा स्थापना भएको शाखाले टंकी लगायतका बाँसबारी, नेमुवा, हात्तिमुढा लगायतका ग्रामीण क्षेत्रलाई समेत समेटेको छ ।