विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा बाढीले २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्बेक्षणको पहिलो चरणको प्रतिवेदन सार्बजनिक गर्दै बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्ता पछि संचालनमा आएका थिए । त्यसैगरि  ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने बताइएको छ । 


बाढीको कारण  मेशिन औजार ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थ ७१ करोड २५ लाख सत्तरी हजार, तयारी वस्त ७६ करोड ४ लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख ६५ हजार रुपैया बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । 

बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक खर्च लगायतका खर्चहरु, उत्पादनको अवसर मुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको उद्योगीहरुले जनाएका छन । ४१ वटा उद्योगहरुको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको छ ।

बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्तासम्म सञ्चालनमा आउन सकेनन भने ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने छ । उद्योग संचालनमा आउदा सम्म हुने खर्चको अनुमान मात्रै गर्न सकिने उद्योग संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए । बाढीले सबैभन्दा बढी बुढिगंगा गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बिराटनगर महानगरपालिका र कटहरी गाउपालिकामा रहेका उद्योगहरु प्रभावित बनेका छन ।  

विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनास आदिका कारण बेमौसमि विपत्तीहरुको सामाना गर्नु परिरहेको अवस्थामा कार्तिक महिनामा अप्रत्यासित रुपमा पानि पर्नु, केहि घण्टाको पानीले यो तहको क्षति तथा विनास गर्नु पक्कै पनि प्राकृतिक मात्रै नभएर मानव श्रृजित समस्या पनि हो । 


मानव श्रृजित यो समस्याको प्रमुख कारणमा अधिकाशं उद्योहरुबाट पानीको निकासको उचित प्रवन्ध नहुनु, पानी निकासको पहिले भएको संरचना बिनास गर्नु (जस्तो धरान बिराटनगर राजमार्गमा पूर्व पश्चिममा रहेका कल्भर्टहरु सबै छ लेनको बाटो बनाउदा हटाइनु), सडक लगायतका पूर्वाधार निर्माण गर्दा स्थानीय भौगोलिक अवस्थीति र स्थानीय आवाजलाई नजरअन्दाज गरिनु, सडक निर्माणमा अदुरदर्शिता लगायतका कारणहरुलाई प्रमुख रहेको प्रतिवेदनमा उल्लेख छ । 

बाढीको कारण औद्योगिक क्षेत्रमा परेको असरबारेमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्यगर्दा स्थानीय स्तरमा विषेश गरि उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्युनिकरणका लागी सरोकारवाला निकायको ध्यानाकृष्ट गर्ने उद्देश्यका साथ वाढी पछिको प्रभाव मूल्यांकन गरिएको वताए । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणको क्रममा अध्ययन, विश्लेशणका साथै सम्वन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने वताउदै आफनो क्षेत्रमा भईरहेको निर्माणका सम्वन्धमा नागरिकले पनि सम्वन्धित पक्षलाई खवरदारी गनुपर्ने धारणा व्यक्त गरे ।