अपराध

    Showing ५१-५८ of ५८ items.
  • झापाको बिर्तामोडमा डेरामै अटो चालकको हत्या

    भद्रपुर — झापाको बिर्तामोड–४ मा डेरा गरी बस्ने एक जना अटो चालक डेरामै मृत अवस्थामा भेटिएका छन् । कचनकवल ३ निवासी ५० वर्षीय अटो चालक भात्रु राजवंशीको आइतबार बिहान डेरामै भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशङ्का गरिएको छ ।मृतकको अनुहार र टाउकामा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । राजवंशी स्थानीय खेमप्रसाद श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए ।मृतकका १५ वर्षीय छोरा देव नारायण राजवंशीले आफ्नो बुवाको हत्या कान्छा काकाले गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले हाल फरार रहेका मृतकका भाइ ३८ वर्षीय रतनलाल राजवंशीको खोजतलास

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २७८ पटक पढिएको
  • विमानस्थलबाट चार किलो सुन बरामद, मोरङ र झापाका दुई जना पक्राउ

    नेपालगन्ज — नेपालगञ्ज विमानस्थलबाट प्रहरीले चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौँबाट नेपालगञ्ज आएको श्री एयरको विमानबाट नेपालगन्ज आएका झापा र मोरङका दुई जनालाई प्रहरी प्रकाउ गरेको हो ।सुनसहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन विश्वकर्मा र मोरङका विश्वमान खाति रहेका छन् । उनीहरूलाई खानतलासी गर्दा चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए । उनका अनुसार सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ३१९ पटक पढिएको
  • मोरङबाट प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ

    मोरङबाट प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी र सिजुवा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको हो ।उर्लाबारीबाट पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । बुधबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर कोठाबाट ट्रामाडोल १५८ क्याप्सुल र स्पासपेन १४ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।त्यस्तै, रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाई

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • २२० पटक पढिएको
  • उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी-१ झारासादीका २० वर्षीय उमेश धिमाल रहेका छन् । धिमाललाई शनिबार राति १२ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठाबाट प्रतिबन्धित औषधि ट्रामाडोल -५७५ ट्याब्लेट र स्पास्पेन- ५७० ट्याब्लेट भेटिएको थियो । प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • २२९ पटक पढिएको
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न

    विराटनगर- लागुऔषध मुद्दामा दोषी ठहर भए पनि जेल सजाय भुक्तान नगरिकन भागिरहेका मोरङको बेलबारीका एक वृद्ध पुरुष लागुऔषधकै धन्दामा संलग्न रहेको पुष्टि भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी नगरपालिका–५ घर भएका ६१ वर्षीय राजनारायण भनिने लवनारायण माझीले लामो समयदेखि घरबाटै लागुऔषध गाँजाको कारोबार गरिरहेको पाइएको हो । लागुऔषध मुद्दामा अदालतले दिएको सजायलाई छल्दै माझीले पुनः लागुऔषधकै कारोबार थालेको श्रेष्ठले बताए । उनका अनुसार आफ्नै घरको कोठामा राखेको चार किलो तीन सय ग्राम गाँजा र ५० हजार रूपैयाँ नगदसहित माझीलाई पक्राउ गरिएको छ । प्रहरीले माझीविरुद्ध पुनः लागुऔषध मुद्दा

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • ३३६ पटक पढिएको
  • ठूलो परिणामको प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक जना पक्राउ

    विराटनगर -  ठूलो परिणामको प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई हिजोसाँझ पक्राउ गरिएको हो । पक्राउ परेका अलीले भारतको जोगवनीबाट ल्याउँदै गरेको अवस्थामा पशुको उपचारमा प्रयोग हुने १३ काटुन औषधि बरामद गरिएको जानकारी उनले दिए । विराटनगर– १२ बखरीबाट अलीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार भारतबाट अवैध रूपले ल्याउँदै गरेको प्रतिबिन्धत औषधिहरु इफिकेक्स पाँच काटुन, माइक्रोसुट एक काटुन र एन–बीमेलोक्स सात काटुन बरामद भए

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • २८३ पटक पढिएको
  • श्रीमान श्रीमतिको झगडा छुट्याउन गएका धनराज मारिए

    विराटनगर-मोरङको मिक्लाजुङ गाउँपालिका ७ का श्रीमान श्रीमति बिच भएको झगडा छुट्याउन गएका छिमेकीलाई नै आक्रमण गरि हत्या गरेका छन । तीन दाजुभाईले स्थानिय ४३ वर्षीय धनराज लिम्बूलाई मरणासन्न हुनेगरि कुटपिट गरेपछि उनको उपचारको क्रममा मृत्यू भएको हो । हत्याआरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।भदौ ३ गते बिहिबार राती रविन तामाङ र उनकी श्रीमति निरुता तामाङ्ग बिच घरायसी विषयलाई लिएर झगडा परेको थियो । झगडा परेपछि छिमेकी धनराज छुट्याउन गएको बेला तीन जना दाजुभाइले आक्रमण गरेर घाइते बनाएका थिए । घाइते भएका लिम्बूको उपचारको क्रममा विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ९२० पटक पढिएको
  • ब्राउन सुगर सहित दुई पक्राउ

    विराटनगर-झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।  शुक्रबार बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ६२४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल