मोरङबाट प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी र सिजुवा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको हो ।

उर्लाबारीबाट पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । बुधबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर कोठाबाट ट्रामाडोल १५८ क्याप्सुल र स्पासपेन १४ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

त्यस्तै, रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –डीएक्स – १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ ।

त्यस्तै, सोही स्थानमा हिजै राति सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधि स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरेको थियो ।

साेही अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ वर्षीय समिर मगर, झापा दमक १४ का  २९ वर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ वर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।