विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी-१ झारासादीका २० वर्षीय उमेश धिमाल रहेका छन् । 

धिमाललाई शनिबार राति १२ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठाबाट प्रतिबन्धित औषधि ट्रामाडोल -५७५ ट्याब्लेट र स्पास्पेन- ५७० ट्याब्लेट भेटिएको थियो ।

प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।