नेपालगन्ज — नेपालगञ्ज विमानस्थलबाट प्रहरीले चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौँबाट नेपालगञ्ज आएको श्री एयरको विमानबाट नेपालगन्ज आएका झापा र मोरङका दुई जनालाई प्रहरी प्रकाउ गरेको हो ।

सुनसहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन विश्वकर्मा र मोरङका विश्वमान खाति रहेका छन् । उनीहरूलाई खानतलासी गर्दा चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए । उनका अनुसार सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।