अपराध

    Showing ४१-५० of ५८ items.
  • सङ्खुवासभा हत्या प्रकरण: अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थलमा

    विराटनगर - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण थप पेचिलो बनेर गएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थल पुगेको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए  । संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुग्नु भएको छ । घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो । अन

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • १५६ पटक पढिएको
  • रंगेली प्रहरीले पक्राउ गर्यो ११ जना फरार प्रतिवादी

    विराटनगर-  मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले कुटपिट एवं लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार अदालतको फैसला अनुसार कैद सजाय र जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको उहाँले बताउनु भयो । एकै पटक ११ जनालाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरिएको जानकारी श्रेष्ठले दिए । मोरङक

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २४६ पटक पढिएको
  • मोरङ प्रहरीले शुरु गर्यो अपराधबाट पीडित बनेकासँग प्रत्यक्ष भेटघाट

    विराटनगर- मोरङ प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुलाई लक्षित गरेर नौलो अभियान सञ्चालन गरेको छ । पछिल्लो समय प्रहरीले पीडितहरुसँग प्रत्यक्ष भेटघाट थालेको छ । ३६ वर्षअघि डाँका समूहको आक्रमणमा पत्नी जीवनदेवीलाई गुमाउनु भएका ८५ वर्षीय धर्मध्वज थापाबाट प्रहरीले भेटघाट सुरु गरेको हो । उहाँको घरमा २०४२ साल भदौ १८ गते डाँका समूहले आक्रमण गरेर पत्नीको हत्या गर्दै धनमाल डकैती गरेको थियो । घटनामा संलग्न मोरङ कटहरी गाउँपालिका–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई गत भदौ ९ गते प्रहरीले पक्राउ गर्यो । खुन डाँका मुद्दा चलाइएका उनीहरु घटनाको ३६ वर्षपछि पक्राउ पर

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • ३१० पटक पढिएको
  • सङ्खुवासभा हत्याकाण्ड : थप एक जना पक्राउ

    मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइमाथि पनि अनुसन्धान थालेकाे छ । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाइल बरामद भएपछि उनीमाथि अनुसन्धान भइरहेकाे बताइएकाे छ ।अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको सङ्घीय प्रहरी एकाइ धरानका एसपी भीम दाहालले जानकारी दिए । निजलाई प्रहरीले शंकाकाे घेरामा राखेर घरकाे थप खानतलासी र साेधपुछ भइरहेको एसपी दाहालले बताए ।बरामद भएको मोबाइल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए । घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको उनले बताए ।मादी नगर

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ४१७ पटक पढिएको
  • फोनमा वडाध्यक्षलाई धम्की दिएर २० लाख रुपैयाँ माग्ने युवक पक्राउ

    इटहरी उपमहानगरपालिका–१९ का वडाध्यक्षलाई फोनमा धम्की दिएर पैसा मागेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले वडाध्यक्षलाई धम्की दिएर पैसा मागेको आरोपमा झापाको दमक नगरपालिका–१ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार गत असार १३ गते वडाअध्यक्ष नारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो । घटनापछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई सोमबार उनकै घरबाट पक्राउ गरेको डिएसपी कार्कीले बताए । पक्राउ परेका श्रेष्ठउपर मुलुकी अपराध संहिता ऐन– २०७४ बमोजिम अभद्र

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ११२ पटक पढिएको
  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने लोकबहादुर कार्की सार्वाजनिक

    विराटनगर— सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ७९० पटक पढिएको
  • संखुवासभा हत्या प्रकरणको विस्तृत विवरण सार्वजनिक गरिँदै

    विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको दर्दनाक हत्या प्रकरणको विस्तृत विवरण प्रहरीले आज बिहान सार्वजनिक गर्दै छ । एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले प्राप्त गरेको उपलब्धिसहितको विवरण सार्वजनिक गर्न लागिएको हो । त्यसका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीको उपस्थितिमा बिहान १० बजे संखुवासभाकै इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन राखिएको छ । हत्यामा पारिवारिक नाता सम्बन्धका २५ वर्षीय लोकबहादुर कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घटनाको सुरुवातदेखिका सबै विवरणसहित मुख्य अभियुक्त भनिएका लोकबहादुरलाई

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ४३६ पटक पढिएको
  • विराटनगरबाट १० किलो गाँजासहित एक जना पक्राउ

    मोरङको विराटनगर महानगरपालिकाबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–७ का २४ वर्षीय सागर राई रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनकाल अनुसार बिहीबार बेलुका विराटनगर– ४ कन्चनबारीबाट उनलाई १० किलो गाँजासहित पक्राउ गरिएको हो । बेलुका साढे ८ बजे सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ८९ पटक पढिएको
  • संखुवासभा हत्याको अनुसन्धान नै अलमलमा

    विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका छ जनाको बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको आज पाँचौं दिन  भएको छ । बौदमान कार्कीको परिवारनै सखाप बनाएको घटनामा प्रहरीले कुनै सुराक नपाउँदा अनुसन्धान अलमलमा परेको छ । हत्यारा पत्ता लगाउन कठिन र असहज भइरहेको छ । भौगोलिक विकटता, निरन्तरको वर्षा, संचार र यातायातको असुविधा प्रभावकारी अनुसन्धानका बाधक बनेका छन् । घटना सार्वजनिक भएदेखि नै विशेषज्ञसहित प्रहरीको दक्ष एवं अनुभवी अनुसन्धानकर्ताहरु घटनास्थलमा खटिएका छन् । तर अहिलेसम्म घटनामा मजवुत प्रमाण जुट्न नसक्दा हत्याराको पहिचान र पक्राउ मुस्किल बनिरहेको छ । घटनाक

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • २९० पटक पढिएको
  • खुवासभा हत्या प्रकरण : डीआईजी अरुणकुमार बिसी घटनास्थलतर्फ

    विराटनगर- संखुवासभा हत्या प्रकरणका बारेमा थप जानकारी लिन र त्यहाँको पछिल्लो बस्तुस्थिति बुझ्नलाई प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलतर्फ लागेकाछन । स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन बीसि बुधबार बिहान विराटनगरबाट घटनास्थलतर्फ गएकाहुन । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको थियो । बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धीको जानकारी लिने छन । साथै अनुसन्धानमा खटिएका प्रहरीलाई हौसला प्रदान गर्दै आगामी अनुसन्धानमा अपनाउनुपर्ने रण

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ३५४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल