मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइमाथि पनि अनुसन्धान थालेकाे छ । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाइल बरामद भएपछि उनीमाथि अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको सङ्घीय प्रहरी एकाइ धरानका एसपी भीम दाहालले जानकारी दिए । निजलाई प्रहरीले शंकाकाे घेरामा राखेर घरकाे थप खानतलासी र साेधपुछ भइरहेको एसपी दाहालले बताए ।

बरामद भएको मोबाइल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए । घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको उनले बताए ।

मादी नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते सोमबार बिहान एकै परिवारको छ जनाको हत्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।