अपराध

    Showing ११-२० of ५८ items.
  • उदयपुरबाट सुन सफा गर्ने बाहानामा ठगी गर्ने दुई पक्राउ

    धरान/सुन सफा गर्ने बाहाना बनाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले दुईजनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाकी कमला राईको सुनको सिक्री सफा गर्ने बाहानामा ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितले दिएको उजुरीका आधारमा भारत बिहार सहरसाका ४५ वर्षीय अरुण साह र बिहार सुपौलका ३० वर्षीय हरिराम साहलाई पक्राउ गरेको हो । कात्तिक ११ गते उनीहरूले ‘आफूहरू पिताम्बर व्यापारी हौ’ भन्दै ठगी गरेका थिए । प्रहरीले उनीहरूको साथबाट पिताम्बर, सुन सफ ागर्ने सामग्रीहरू, एसिड, मट्टितेल, सुनका ससाना टुक्राहरू फेला पारेका थिए । उनीहरू सुन सफा गर्ने भन्दै

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ३२७ पटक पढिएको
  • ९४ तोला चाँदीसहित एक जना पक्राउ

    विराटनगर- मोरङको रतुवामाई नगरपालिकाबाट ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई - ३ छालगाछीका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेका छन् ।मङ्गलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनका साथबाट बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २२३ पटक पढिएको
  • जन्म कैदको सजाय पाएका गोरेलाई थप १० वर्ष कैद र एकलाख जरिवाना

    विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २७८ पटक पढिएको
  • इलाममा टोकेर पत्नी र छोरीको हत्या गरेको अभियोगमा बुबा पक्राउ

    इलाम- इलाममा टोकेर पत्नी र छोरीको हत्या गरेको अभियोगमा बुबा पक्राउ  परेका छन् । पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका-५ बारुङ का ३३ वर्षीय कमल तामाङ रहेका  छन् ।उनले झारफुक गर्ने क्रममा आफ्नै पत्नी र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेकी श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको हत्या गरेका हुन् ।झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३४९ पटक पढिएको
  • उदयपुरबाट ५३ किलो गाँजासहित एक युवक पक्राउ

    उदयपुरबाट ५३ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।उनलाई प्रहरीले कटारी नगरपालिका–६ स्थित भोर्ले जङ्गलबाट ५३ किलो गाँजासहित पक्राउ गरेको हो । सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जङ्गलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • २७३ पटक पढिएको
  • सिटिजन्स बैंक लुट्ने थप एक जना प्रहरीको नियन्त्रणमा

    विराटनगर– मोरङ धनपालथान–४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत अररिया फारवेसगञ्ज १० का २० बर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।प्रहरीले यसअघि पक्राउ परेका अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा  एक थान ९ एमएमको पेस्तोल, सो पेस्तोलको एक थान म्याग्जिन र आधा केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । गत असोज २५ गते पौने ४ वजेतिर कर्सिया बजारको विपि चोकमा रहेको सिटिजन्स बैंकमा नगद लुटपाटमा संलग्न ३ जनालाई सोही प्रहरीले प

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • २६८ पटक पढिएको
  • मोरङको कर्सियामा सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जना सार्वजनिक

    विराटनगर- मोरङको धनपालथान ४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर ८ का ३२ बर्षीय  श्याम मुखिया,  भारत अररिया सेखपुरा ५ का २८ बर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० बर्षीय बिजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए  । डिएसपी श्रेष्ठका अनुसार बैंक लुटेर को २५ प ३८९९ नम्वरको मोटरसाईलमा भाग्ने क्रममा तीनै जनालाई धनपालथान २ खयरवनाबाट हतियार सहित नियन्त्रणमा लिईएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य ६ जना रहेको देखिए

    • प्रकाशित मितिः आश्विन २७, २०७८
    • ३८७ पटक पढिएको
  • मोरङको कर्सियामा दिउसै गोली चल्यो

    विराटनगर - मोरङको कर्सीयामा सोमबार दिउसो गोली चलेको छ ।  सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । गोली लागेर बैङ्कको गार्ड घाइते भएका छन् ।सोमबार दिउँसो लुटेरा समूहले चलाएको गोली लागेर सुरक्षा गार्ड ३७ वर्षीय सितल कुँवर गम्भीर घाइते भएका हुन् । उनी रङ्गेली नगरपालिका २ का बासिन्दा हुन् । पारिवारिसक स्रोतका अनुसार उनले एक महिना अघिबाट गार्डको काम सुरू गरेका  थिए । घाइते कुवरलाई विराटनगरको न्यूरो अस्प्तालमा भर्ना गरिएको छ । अस्पाल स्रोतका अनुसार उनको सरिरको कुमदेखि माथि गोली लागेको छ । बैङ्क लुट्न आएको समूहले गोली चलाएर भागेको प्रहरीले बताएको छ । प्रहरीले लुटेरा समूहका तीन जनालाई

    • प्रकाशित मितिः आश्विन २५, २०७८
    • ३०७ पटक पढिएको
  • पत्नीलाई कुटपिट गर्नेक्रममा बन्दुक ताक्ने पति प्रहरीको फन्दामा

    आफ्नै पत्नीलाई भरुवा बन्दुक ताकी मार्छु भनेर धाकधम्की दिने पतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राई रहेका छन् । उनलाई शुक्रबार राति सवा ८ बजे भरुवा बन्दुकसहित अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले घरयासी विवादको कारण पत्नी ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेका थिए । त्यसपछि उनले घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकालेर जुनालाई ताक्दै मार्छु भनी धाकधम्की दिएका थिए । स्थानीयले थाहा पाएपछि सुजिल बन्दुक छोडेर फरार भएका थिए । यता, कोदालो प्रह

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • २७७ पटक पढिएको
  • वृद्धामाथि आक्रमण गरेर सुनका गहना लुटपाट

    विराटनगर- मोरङको पथरीशनिश्चरेमा दिनदहाडै आक्रमण गरेर एक जना वृद्धा महिलाले लगाएका सुनका गहना लुटपाट गरिएको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न आक्रमणकारीको पहिचान खुल्न सकिरहेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मरणसन्न हुने गरी कुटपिट गर्दै पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया दङ्गालले लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुधबार दिउँसो ४ः३० बजेतिर अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भएर लडिरहेको अवस्थामा घरबाट दुई सय मिटर पर स्थानीय र परिवारका सदस्यले वृद्धालाई देखेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी घरबाट

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • ४२८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल