उदयपुरबाट ५३ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।

उनलाई प्रहरीले कटारी नगरपालिका–६ स्थित भोर्ले जङ्गलबाट ५३ किलो गाँजासहित पक्राउ गरेको हो । सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जङ्गलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।