इलाम- इलाममा टोकेर पत्नी र छोरीको हत्या गरेको अभियोगमा बुबा पक्राउ  परेका छन् । पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका-५ बारुङ का ३३ वर्षीय कमल तामाङ रहेका  छन् ।

उनले झारफुक गर्ने क्रममा आफ्नै पत्नी र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेकी श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको हत्या गरेका हुन् ।

झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरी टोलीले कमल तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।