All Posts By खबर पलपल

    Showing १७१-१८० of १,०४२ items.
  • अपाङ्गता भएका व्यक्तिले ल्याए कोसेली घर सञ्चालनमा

    विराटनगर - विराटनगरमा अपांगता भएका व्यक्तिहरु आफैंले उत्पादन गरेका सामग्री राखेर कोशेली घर सञ्चालनमा ल्याएका छन् ।विराटनगरको राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय छेउमा सञ्चालन भएको कोसेली घरको सोमबार उद्घाटन भएको छ ।प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले कोशेली घरको उद्घाटन गरे । अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठका अनुसार प्रदेशका १४ वटै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरु कोशेली घरमा राखिएको छ । अपांगता भएका व्यक्तिहरुले स्वरोजगार बन्नको लागि उत्पादन गरेको सामग्री बिक्री वितरणमा समस्या भइरहेकोले त्यसको समाधान कोशेली घरले गरेको उनको भन

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ५९१ पटक पढिएको
  • प्रदेश १ मा सोमबार ३ सय ६६ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको   हो । मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा ३–३, पथरीशनिश्चरे र धनपालथानमा २–२, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, बरा

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २६८ पटक पढिएको
  • लोक सेवा आयोगको आर्थिक बर्ष २०७७–०७८ को बार्षिक प्रतिवेदन प्रदेश प्रमुख ‘प्यासी’लाई

    विराटनगर - प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’लाई प्रदेश लोक सेवा आयोगको आर्थिक बर्ष २०७७–०७८ को बार्षिक प्रतिवेदन आज वुझाइएको छ । उनँलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित लोकसेवा आयोग ऐन ,२०७६ को दफा ४९ बमोजिम दोस्रो सम्पादित कार्यहरुको प्रतिवेदन बुझाइएकाहुन  ।प्रतिवेदनमा आयोगको परिचय, कार्यसम्पादनका आधारहरु, प्रशासनिक, वित्तिय तथा भौतिक प्रगति, परीक्षण प्रविधि , शैक्षिक योग्यता र पाठयक्रम, विज्ञान र दरखास्त, परामर्श, संस्थागत सुधार तथा प्रविधिको प्रयोग, निर्णय तथा कार्यान्वयनको अवस्था, एवं ध्यानाकर्षण र सुझाव समे

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २९८ पटक पढिएको
  • प्रदेश १ मै पहिलो पटक नोबेल अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण

    विराटनगर - विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ ।काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको जानकारी दिए । दाहालका अनुसार अस्पतालले सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण गरेको हो । अस्पतालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गरेका थिए । बिरामी भुर्तेलले डेढवर्ष अघिदेखी मृगौला डाइलासिस गराउँदै आएका थिए ।

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ५०२ पटक पढिएको
  • भारतमा निपाह भाइरस, नेपालमा जोखिम कति ?

    काठमाडौं — भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो । नेपालमा पनि यसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको जनाएको छ । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स)  सबै अस्पतालहरुलाई मन्त्रालयले निर्देशन द

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २६० पटक पढिएको
  • असोज ४ गतेदेखि दसैँका लागि नयाँ नोट : एक जनाले कतिसम्म पाउँछन् ?

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिए ।उनका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले बताए ।राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।यद्यपी यस वर्ष कोरोना सङ्क्रमण घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रवक्ता

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • ४१० पटक पढिएको
  • बसलाई ओभरटेक गर्दा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    विराटनगर— धनकुटा साँगुरीगढी गाउँपालिकामा बसलाई ओभरटेक गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोसी राजमार्गस्थि साँगुरीगढी–६ मालबाँसेमा भएको उक्त दुर्घटनामा धनकुटा सहिदभूमि गाउँपालिका–४ का ३६ वर्षीय गणेशमान राईको मृत्यु भएको हो । आइतबार साँझ पौने ५ बजे सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ ।ओभरटेक गर्नेक्रममा मोटरसाइकल बसमा ठक्कर खाएको थियो । जसमा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २९० पटक पढिएको
  • बराबरीमा रोकियो नेपाल

    बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाईनले विफल पारेको थियो ।सुरुआत आक्रामक गरेका दुबै टोलीले पाएका केही राम्रा अवसरलाई

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३९५ पटक पढिएको
  • घटना ढाकछोप गर्न सामूहिक हत्या : हत्याको कारण ठुलोबुबाको हेपाहा प्रवृत्ति !

    सङ्खुवासभाको मादी नगरपालिका–१ मा गत सोमबार (भदौ २१ गते) भएको एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संग्लग्न २५ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार प्रहरीले सावर्जनिक गरेको छ । कार्कीलाई भाद्र २१ गते छिमेकी तथा नातामा ठुलो बुबा पर्ने ५५ वर्षीय तेजबहादुर कार्की, ठुलीआमा ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया भाउजु रञ्जना कार्की, ८ वर्षीय भतिजा विपिन भनिने दिपेन कार्की, ५ वर्षीया भतिजी गोमा कार्की र हजुरआमा ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । २१ गते बिहान करिब साँढे ६ बजेको समयमा कार्की परिवारको हत्या भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल जिल्ल

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३१५ पटक पढिएको
  • विराटनगरबाट १९ लाख मूल्य बराबरको तस्करीको औषधि बरामद

    विराटनगर-  विराटनगरको रानी क्षेत्रबाट सशस्त्र प्रहरीले तस्करीको औषधि बरामद गरेको छ । लगभग १९ लाख मूल्य बराबरको ११ प्रकारका औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । उनका अनुसार डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका औषधि बरामद गरिएको हो । दुईवटा काटुनमा झाडीमा लुकाएर राखेको अवस्थामा विराटनगर महानगरपालिका–१६ रानीबाट औषधि बरामद भएको जानकारी एसपी पौडेलले दिए । उनका अनुसार बेवारिसे अवस्थामा भेटिएका औषधि तस्करी गरेर भन्सार छल्दै भारतको जोगवनीदेखि ल्याइएको हुनसक्छ । तर औषधि तस्करीमा संलग्नहरुको पहिचान हुन नसकेको उनले बताए । सशस्त्

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३०१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल