विराटनगर - विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ ।काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको जानकारी दिए ।

दाहालका अनुसार अस्पतालले सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण गरेको हो । अस्पतालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गरेका थिए । बिरामी भुर्तेलले डेढवर्ष अघिदेखी मृगौला डाइलासिस गराउँदै आएका थिए ।