All Posts By खबर पलपल

    Showing १३१-१४० of १,०४२ items.
  • प्रदेश १ सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्छ : नेता कोइराला

    विराटनगर,- नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जिल्ला अधिवेशन पछि उम्मेदवारी घोषणा गर्ने बताएकाछन  । वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको कुराकानीमा नेता कोइरालाले भने,‘ साथीभाईसँग सल्लाहमा गरेर मात्र केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्छु ।’ नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गरे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगा

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २६४ पटक पढिएको
  • आत्मनिर्भर उद्योगलाई प्रोत्साहन गर्न पैठारीहुने तयारी बस्तुमा भन्सार दर बढाउन माग

    विराटनगर-उत्पादनमा आत्मनिर्भर बनि सकेको उद्योगहरुलाई प्रोत्साहन गर्न पैठारी हुने तयारी बस्तुमा भन्सार शुल्क बढाउनु पर्ने र खुला सीमानाकामा निगरानी बढाउनु पर्ने उद्योगीहरुको मागमा उद्योग तथा वाणीज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरु सहमत भएका हुन । समितिका सभापति विमल प्रसाद श्रीवास्तवको प्रमुख आतिथ्यमा मोरङ ब्यापार संघले आयोजना गरेको  एदोग तथा वाणिज्यको क्षेत्रका समस्या तथा समाधान विषयको अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरुको गुनासो सुनेपछि समितिका सभापति श्रीवास्तवले उत्पादनमा आत्मनिर्भर उद्योगहरुलाई प्रोत्साहन गर्न त्यस्तै तयारी बस्तुको आयात निरुत्साहन गर्न भन्सार महशुल

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • ४५० पटक पढिएको
  • विराटनगरमा १५ जनासहित प्रदेश १ मा २१६ संक्रमित थपिए

    प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • १६१ पटक पढिएको
  • रंगेली प्रहरीले पक्राउ गर्यो ११ जना फरार प्रतिवादी

    विराटनगर-  मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले कुटपिट एवं लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार अदालतको फैसला अनुसार कैद सजाय र जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको उहाँले बताउनु भयो । एकै पटक ११ जनालाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरिएको जानकारी श्रेष्ठले दिए । मोरङक

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २५४ पटक पढिएको
  • मोरङ प्रहरीले शुरु गर्यो अपराधबाट पीडित बनेकासँग प्रत्यक्ष भेटघाट

    विराटनगर- मोरङ प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुलाई लक्षित गरेर नौलो अभियान सञ्चालन गरेको छ । पछिल्लो समय प्रहरीले पीडितहरुसँग प्रत्यक्ष भेटघाट थालेको छ । ३६ वर्षअघि डाँका समूहको आक्रमणमा पत्नी जीवनदेवीलाई गुमाउनु भएका ८५ वर्षीय धर्मध्वज थापाबाट प्रहरीले भेटघाट सुरु गरेको हो । उहाँको घरमा २०४२ साल भदौ १८ गते डाँका समूहले आक्रमण गरेर पत्नीको हत्या गर्दै धनमाल डकैती गरेको थियो । घटनामा संलग्न मोरङ कटहरी गाउँपालिका–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई गत भदौ ९ गते प्रहरीले पक्राउ गर्यो । खुन डाँका मुद्दा चलाइएका उनीहरु घटनाको ३६ वर्षपछि पक्राउ पर

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • ३१७ पटक पढिएको
  • सहकारीले आर्थिक समृद्धिका लागि लगानी गर्नुपर्छ : प्रदेश प्रमुख अधिकारी

    विराटनगर-  प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सहकारीले  समाजमा समृद्धि कायम गर्न  आयआर्जन कार्यमा  लगानी  गर्नुपर्ने बताएका छन । राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि, वुढीगंगा–१ टंकीसिनवारी मोरङको २१ औं बार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण रहेकोले तालीम सञ्चालन गरी स्वरोजगार कार्यमा ध्यान केन्द्रीत गर्नु पर्ने  आवश्यक्त्ता औल्याए । प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एक आपसमा विश्वासिलो बातावरण कायम गरी घर, टोल, समाज राष्ट्र

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ४३० पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ३ सय १५ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ३७, धरान

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • २४१ पटक पढिएको
  • नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कमिटी गठन

    विराटनगर-  नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत आज मोरङको कटहरीमा सम्पन्न भेलाले गाउँपालिकाका ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।  भेलाले विद्यानन्द सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।  कमिटीको उपाध्यक्षमा उपेश हरिजन, सचिवमा दिपेन्द्र ऋषिदेव, सह–सचिवमा विरेन्द्र सरदार वासोदेवी सरदारलाई चयन गरेको छ । भेला

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ९३१ पटक पढिएको
  • टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    ओखलढुङ्गा—ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए ।

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ३४९ पटक पढिएको
  • मोरङमा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

    मोरङ मिक्लाजुङ गाउँपालिकामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ– ५ का ४३ बर्षीय जगतबहादुर लिम्बू रहेका छन् । बिहीबार दिउँसो पौने ४ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाईछिपाई राखेको दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ३१० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल