मोरङ मिक्लाजुङ गाउँपालिकामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ– ५ का ४३ बर्षीय जगतबहादुर लिम्बू रहेका छन् । 

बिहीबार दिउँसो पौने ४ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाईछिपाई राखेको दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।