विराटनगर,- नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जिल्ला अधिवेशन पछि उम्मेदवारी घोषणा गर्ने बताएकाछन  । वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको कुराकानीमा नेता कोइरालाले भने,‘ साथीभाईसँग सल्लाहमा गरेर मात्र केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्छु ।

’ नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गरे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा उनको जोड छ । दलहरुवीच राष्ट्रिय सहमती कायम गरी एमसीसी पास गर्नुपर्ने उनँको भनाई छ । उनले भने,‘ विकासको योजनालाई सहमती कायम गरि पास गर्नु पर्छ ।

’ प्रदेश १ सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने उनले बताए। उनले भने प्रदेश १ वा वागमतिमा हाम्रो नेतृत्व हुनुपर्छ ।’ वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्ने उनले बताए। निर्वाचन सम्म सँगै गएपनि  चुनावी तालमेलमा जानु नहुनेमा उनको जोड   छ ।