राष्ट्रिय

    Showing १४१-१४९ of १४९ items.
  • विराटनगरमा १६९ सहित बुधबार प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ संक्रमणमुक्त

    विराटनगर–प्रदेश १ मा बुधबार ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेर्‍हथुम र इलाममा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९,  सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४-१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३,  मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २-२, बेलबारी, रतुवामाई र लेटाङमा १-१, सुनसरीको इनरुव

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • ३१० पटक पढिएको
  • पाँच महिना पछि ओली नेपाल आमने – सामने

    विराटनगर-एमाले नेता केपी ओली र नेता माधवकुमार नेपाल पाँच महिना पछि बुधबार आमने सामने भएका छन । यस बीचको अवधिमा दुवै नेताले एक अर्कालाई गम्भिर आरोप मात्रै लगाएनन चरित्र नै उदांगो हुने भाषणा गर्न समेत भ्याए । उनीहरुका बीच कात्तिक २३ गते छलफल भएको थियो । चैत १ मा भएको छलफल पनि सुखद नरहेपछि दुबै नेता आ-आफ्नै तालमा फर्कीएका थिए ।काठमाडौंको मेरियट होटलको ९०१ नम्बरको कोठामा बुधबार दुवै नेता बिच दुई घण्टा बार्ता चल्यो । दुईघण्टाको बार्तामा ओलीले नेकपा एकिकरण देखि फुटसम्मको कुरा करिब १ घण्टा राखे । उता माधव नेपालले भने ओलीले चालेका कदम र कमजोरीहरु बताएर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए । ने

    • प्रकाशित मितिः बैशाख ९, २०७८
    • ६७९ पटक पढिएको
  • नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्रीको सम्बोधन

    विराटनगर - नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गरेकाछन । देशवासीलाई नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरे ।वर्ष २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको प्रधानमन्त्रीको भनाइ छ । उनले मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गरे। आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ ।कृषि उपजमा वृद्धिदर राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले सं

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • ३३२ पटक पढिएको
  • पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा उल्लासपूर्वक मनाइंदै

    विराटनगर - काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ ।सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी तथा हिमा

    • प्रकाशित मितिः चैत्र १५, २०७७
    • २७३ पटक पढिएको
  • देउवा डराएकाले ओली सरकारको विकल्प तयार गर्न पौडेलको सशांकलाई आग्रह

    विराटनगर-केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प दिन पार्टी सभापति शेरवहादुर देउवा डराएकाले संसदीय दलको नेता अर्को छानेर भएपनि सरकारको विकल्प दिन नेपाली कांग्रेस तयार हुनुपर्ने बरिष्ट नेता रामचन्द्र पौडेलले बताएका छन । उनले शुक्रबार उक्त कुरा बताएका हुन । नेपाली कांग्रेस मोरङले शुक्रवार आयोजना गरेको पूर्वसभापति अशोक कोइरालाको श्रद्धाञ्जली कार्यक्रममा नेता पौडेलले मञ्चमा रहेका महामन्त्री सशांक कोइरालाको नाम नै किटान गरेर ओली सरकारको विकल्प दिन पार्टी सभापति देउवा डराउनु भएको हो भने संसदीय दलको नेताको विकल्प खोजेर सरकारको विकल्प दिने अग्रसर हुन आग्रह गरे ।केही दिन पहिला सभापति देउवाले विराटनग

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • ६९५ पटक पढिएको
  • विराटनगरबाट अब २० मिनेटमा बंगलादेश

    विराटनगर-विराटनगरबाट अब २० मिनेटको हवाइयात्रा तय गरेर बंगलादेश पुग्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलदेश भ्रमणको क्रममा दुईदेश विच छोटो रुटको हवाइ उडान गर्ने सहमति भएको हो । बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका क्रममा ढाका पुगेकी राष्ट्रपति भण्डारीले सिधा हवाई उडानका लागि बंगलादेश सरकारसँग आग्रह गरेकी थिइन् । बंगलादेशको सैयदपुर-विराटनगर सिधा हवाई उडान सञ्चालन गर्ने गरी तत्कालै आवश्यक प्रक्रिया अघि बढाउनेबारे नेपालको विशेष इच्छालाई बंगलादेशले स्वीकार गरेको जनाइएको छ ।बंगलादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचार

    • प्रकाशित मितिः चैत्र १३, २०७७
    • ४४८ पटक पढिएको
  • प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएपछि ,प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

    विराटनगर - प्रतिनिधिसभा बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । आज प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले आजको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।यसअघि आज बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने

    • प्रकाशित मितिः फाल्गुन २६, २०७७
    • ३०६ पटक पढिएको
  • मानव बेचबिखनको आरोपमा विराटनगरबाट दुई जना पक्राउ

    विराटनगर -  सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर झिकाउँदै सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगर रहेका छन् । उनीहरुलाई प्रहरीले विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको हो । दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार राम्रो कमाईको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्

    • प्रकाशित मितिः फाल्गुन २४, २०७७
    • १४२ पटक पढिएको
  • संसदको सातौं अधिवेशन आजदेखि सुरु हुँदै

    विराटनगर - प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न चार बजे बस्ने छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वाेच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन आजदेखी सुरु हुन लागेको हो ।नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली

    • प्रकाशित मितिः फाल्गुन २३, २०७७
    • २२५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल