विराटनगर-प्रदेश १ मा बिहिबार १ हजार २९९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन् । हाल सम्मकोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ ।

प्रदेश १ मा बिहिबार ३९३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्‍हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३-३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५-५, केराबारी र लेटाङमा ४-४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३-३, रतुवामाई र ग्रामथानमा २-२, कानेपोखरी र जहदामा १-१, सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र  इनरुवामा २-२, गढी, कोशीगाउँपालिका र बराहक्षेत्रमा १-१, झापाको विर्तामोडमा १५,हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा८-८, अर्जुनधारा र दमकमा ६-६, भद्रपुर र शिवसताक्षीमा४-४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बार्‍हदशी र गौरादहमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि पाँचथरको फिदिममा ३९, तेर्‍हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३-३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २-२, इलाम नगरपालिका, चुलाचुली र माईमा१-१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १-१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तहनखुलेका १-१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६७ हजार २२८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ । प्रदेश १ मा आज १ हजार ४२९जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।