राजनीति

    Showing ८१-९० of १७० items.
  • माधव नेपाल अस्पतालबाट डिस्चार्ज

    काठमाडाैं—नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  स्वास्थ्यलाभ गरी आज घर फर्किएका छन् । उनको स्वास्थ्यमा केही समस्या आएपछि असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकाा थिए । अध्यक्ष नेपालकाे स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने उनकाे निजी सचिवालयले जनाएकाे छ । 

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २७९ पटक पढिएको
  • कालो झन्डा देखाउनेसँग कांग्रेस डराउँदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका छन् ।क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन गरेका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील विवादबीच अधिवेशन नगर्न चेतावनी दिँदै बहिष्कार गरेका थिए ।फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि डडेल्धुरामा रिले अनसन थियो । आज पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरू शेखर कोइराला र गुरूराज घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरिएको छ । आज संस्थापनइतर समूहले गरेको सभामा सभापति दे

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३०२ पटक पढिएको
  • विराटनगर काँग्रेसको सभापतिमा चापागाई विजयी

    विराटनगर- नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी भएका छन । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाएका  चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित भएका छन । चार आकांक्षीमध्ये संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका छन । यसैगरी अर्का पतिस्पर्धी कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गरेका छन । यसैगरी उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएकाछन । शनिब

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ३०० पटक पढिएको
  • मोरङका ६ स्थानीय तहमा कांग्रेस नेतृत्वको टुङ्गो लाग्यो

    मोरङका ६ स्थानीय तहमा नेपाली काङ्ग्रेस नेतृत्वको टुङ्गो लागेको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नगरअधिवेशन भएकामध्ये कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका र बेलबारी र सुनवर्षी नगरपालिकाको नेतृत्व टुङ्गो लागेको हो । कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरे । नेपाली काङ्ग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । शम्भु भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लिम्बूले एक सय ३६ मत प्राप्त गरे । भट्टराईले ९४ मत प्रा

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ३२४ पटक पढिएको
  • राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको छ : हिमानी शाह

    काठमाडाैँ— पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन् । शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् । उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन् । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताइन् ।उनले नेपालबाट विदेश पलायन भइरहेको प

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • २१५ पटक पढिएको
  • नेपाली काँग्रेसको अधिवेशन: विराटनगर महानगरपालिकामा सभापतिमा ४ जनाको मनोनयन दर्ता ,३ पालिकामा सर्वसम्मत

    विराटनगर- नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिबार हुन गईरहेको मोरङका गाउँ÷नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा सभापति सहितका उमेद्वारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन् । जिल्लाका कही स्थानीय तहमा सभापति सहितका पदाधिकारीहरु नेताहरुको पहलमा सर्वसम्मत छनौट भएपनि अधिकाँस स्थानमा दुई छुट्टाछुट्टै प्यानल सहितका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।शुक्रबार बेलुका सम्मको जानकारी अनुसार जहदा र केराबारी गाउँपालिका तथा उर्लाबारी नगरपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत भएका छन् । अन्य पालिकाहरुमा पनि सर्वसम्मतका लागि पहल भइरहेको स्थानीय नेताहरु

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • ३६३ पटक पढिएको
  • कांग्रेसको १४ औँ महाधिवेशन : विराटनगरको सभापतिमा चार नेताको दाबी

    विराटनगर,- नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दाबी गरेकाछन । कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो । नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्कीले उम्मेदवारी दिने तयारी गरेकाछन  । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आकांक्षीका लागि मनोनयन गर्दा गराउन शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्मलाई तोकिएको छ । निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दाबी प्रस्तुत गर्नेमध्ये चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तो

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • ३३३ पटक पढिएको
  • झापाका १५ पालिकामा नेतृत्व चयन

    नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।   चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बु

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • ५९२ पटक पढिएको
  • मोरङमा कांग्रेसको पालिका अधिवेशन रोकियो

    विराटनगर-  मोरङमा नेपाली कांग्रेसको पालिका (गाउँ/नगर) अधिवेशन रोकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार पालिका स्तरीय अधिवेशनको मिति तय भएको थियो । वडा अधिवेशन सम्पन्न भएका विभिन्न जिल्लामा पालिका अधिवेशन भइरहे पनि मोरङमा भने रोकिएको छ । मोरङ जिल्लाका निर्वाचन अधिकृत केदार कार्कीका अनुसार वडा अधिवेशनको नतिजा समयमै सार्वजनिक गर्न नसकिएकाले र पार्टीले गरेका केही महत्वपूर्ण निर्णयसँगै शनिबार जिल्लाभित्रका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न नसकिएको हो । मोरङमा १ सय ५९ वटा वडा छन् । यो समाचार तयार पर्दासम्म अधिवेशन भएकामध्ये १ सय ७ वटाको मात्रै मतगणनाको अन्तिम परिणाम

    • प्रकाशित मितिः आश्विन ९, २०७८
    • ३५४ पटक पढिएको
  • प्रचण्डसँग चुनाव लड्न तयार छन् बादल

    काठमाडाैँ— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताए । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’नेता बादलले पुष्पकमल दाहाल पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ५६२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल