नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै पनि धारणा नराख्ने बताएका छन् । मङ्गलबार बिहान विराटनगरमा मोरङमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले प्रधानन्यायाधीशको विवादबारे एमालेले कुनै धारणा नराख्ने बताएका हुन् । 

‘यस विषयमा एमालेले बोल्नै पर्ने केही छैन’, उनले भने, ‘यस कुरामा एमाले तटस्थ रहन चाहन्छ । पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने । यो राजनीति हो, यो दाउपेच हो । एमाले यसमा संलग्न हुँदैन ।’